Posts

Showing posts from January, 2016

बोकाको टाउको देखाएर कुकुरको मासु खुलेआम विक्री

Image
हरिविनोद अधिकारी -   देशमा सरकार छ ? छ पनि , छैन पनि । यो सरकार आएपछिमात्र यस्तो अवस्था आएको होइन तर मान्छे वर्तमानमा नै बढी केन्द्रित हुने भएकाले अहिलेको सरकारकै वारेमा बढी कुरा  हुने नै भयो । एकप्रकारले नाका बन्द छ र नाका खुला पनि छ । इन्धन प्रशस्त छ , इन्धन पटक्कै छैन । भर्खरै यो समीक्षकले चन्द्रनिगाहापुरसम्मको यात्रा गरेको थियो । जाँदा ६०० रुपैयाँ भाडा लाग्यो भने आउँदा एक हजार प¥यो । किन रे भने काठमाडौँमा डिजेल ब्ल्याकमा पनि सस्तो पाइन्छ रे र तराईमा महङ्गो । हाम्रो चालकले चन्द्रनिगाहपुरमा रु १३० प्रति लिटर नकिनेर निजगढमा सस्तो किन्न आएकाले रु १५० प्रति लिटरमा परेका थिए अनि भने —त्यसैले भाडा महङ्गो परेको हजुर । ग्याँस किन पाइँदैन थियो, पाइँदो रहेछ तर खास खास मान्छेलाई मात्र खास खासले दिँदा रहेछन् । लाइनमा बस्न गयो नाम लेखाएकाले मात्र पाउँछ भन्छन् , अनि नाम लेखाएर आयो, लाइनमा जो पहिले बस्छ उसैले पाउने नियम तत्कालै बनेको भनेर पाइँदैन । यो अहिले सहरी क्षेत्रको दैनिकी नै भयो । सामान नआएको भए नपाइनु पर्ने , आएको भए लेखिएको मूल्यमा पाइनु पर्ने । ग्याँस र तेल राख्ने ठाउँ छैन भन...

क्यान्सरको औषधि खोज्ने नेपाली वैज्ञानिक डा. ज्ञवाली

Image
क्यान्सरको औषधि खोज्ने नेपाली वैज्ञानिक डा. ज्ञवाली प्रकाशित मिति:२०७२ माघ १५ गते १३:०२ -स्वास्थ्य खबरपत्रिका प्रधानमन्त्री केपी शर्मा ओलीबाट विज्ञान पुरस्कार ग्रहण गर्दै डा. ज्ञवाली विश्वको कुनै विकसित देशमा भएको भए डा. राजेन्द्र ज्ञवाली यतिन्जेल ‘सेलिब्रिटी’ भइसक्थे । तर, नेपालजस्तो मुलुकमा न उनको चर्चा भयो, न कामको खोजीनिती । नेपाल सरकारले उनलाई यस वर्षको बिज्ञान पुरस्कार प्रदान ग¥यो । एक कार्यक्रममा उनी पुरस्कृत भए । यत्तिमै सकियो । उनको खोज उपयोगी भएको राज्यले स्वीकार्दा पनि जनमानस भने उनको खोजबारे अनभिज्ञ रह्यो । कारण, नेपालीले पनि वैज्ञानिक अनुसन्धान गर्छन् तर त्यसको उपयोग गर्ने बलियो संयन्त्र न राज्यसँग छ, न त निजी क्षेत्र नै त्यो हैसियतमा पुगेको छ । के खोजे उनले ? नेपाल सरकारले उनलाई क्यान्सर हुने सम्भावना न्यूनीकरण गर्ने नेपाली जडीबुटीद्वारा निर्मित औषधि पत्ता लगाएबापत यस वर्षको विज्ञान पुरस्कार प्रदान गरेको हो । उनले नेपाली जनसमाजमै परम्परागत रुपमा प्रयोग हुँदै आएका जडीबुटीको अनुुसन्धान गरेका थिए । उक्त जडीबुटीले रोग निको पार्ने वैज्ञानिक कारणसहित त्य...

सहज बनाउन देशभर एउटै ब्रान्डको सिलिन्डर प्रयोगमा ल्याउने सरकारको तयारी

Image
काठमाडौँ, १६ माघ - सरकारले उपभोक्तालाई सहज हुनेगरी देशभर एउटै ब्रान्डमा खाना पकाउने एलपीजी ग्यासको सिलिन्डर वितरण गर्ने तयारी सुरु गरेको छ। आपूर्तिमन्त्री गणेशराज पुनले मुलुकभर एउटै ब्रान्डमा ग्यास सिलिन्डर वितरण गर्ने गृहकार्य सुरु गरिएको जानकारी दिए। उनका अनुसार हरेक वर्ष कुनै न कुनै बहानामा भइरहेको सिलिन्डरको अभाव समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न मुलुकभर एउटै ब्रान्डमा वितरण गर्ने प्रणाली तयार पार्न लागिएको हो। ‘ग्यासको समस्या यो वर्ष नाकाबन्दीले मात्रै होइन’, मन्त्री पुनले भने, ‘बर्सेनि कुनै न कुनै बहानामा उपभोक्ता ग्यासको चरम अभाव बेहोर्न बाध्य भएका छन् । अभावकै समयमा ग्यासको चरम कालोबजारी पनि बढ्दो छ। उनका अनुसार यस्ता समस्या समाधान गर्न छिमेकी मुलुकहरूबाट पाठ सिकेर हाल देशभर रहेका दर्जनौं ब्रान्डका सिलिन्डरलाई एउटै ब्रान्ड बनाएर बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन मन्त्रालयले गृहकार्य सुरु गरेको हो। मन्त्रालयका अनुसार भारतले गरेको अघोषित नाकाबन्दीका कारण एउटै ब्रान्डको सिलिन्डर नहुँदा उपभोक्ताले दुईदेखि पाँच ब्रान्डका सिलिन्डर प्रयोग गर्दै आएको र एउटा ब्रान्डको सिलिन...

नेपाली कामदार इमान्दार भयको भन्दै साउदीको सरकारले ल्यायो नयाँ कानुन,नेपाली कामदारलाई खुशीको खबर

Image
Saudi Arabia, Salman bin Abdul Aziz as king for government workers is now more than ever, all the laws that have brought great relief | Now working here from overseas workers to receive their passports with their own incredible | Which was sponsored and held by the company passport that foreign workers no longer | By so doing, the government is still wear them fines | Saudi Arabia, according to the Ministry of Labor Universe According to the new law, which does them Afasi or company worker passports, he has paid a fine of 2 thousand Saudi Riyal | Also the  same mistakes will be repeated doubled fines | According to the new law, the agreement between workers and Afasi or company a copy of the letter to withhold workers Afasi or company fined 5 thousand riyal is fixed | Except those mentioned in the agreement would wear Afasi or company has arranged for a new law, a fine of 15 thousand rial | Many early summer, and the bad weather to work without security arrangements, to forc...

आज माघ १६ अर्थात सहिद दिवस

Image
काठमाडौं । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर शनिबार सहिद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई सहिद दिवशको रुपमा मनाइएको हो । विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा न...

यु-१९ विश्वकप क्रिकेटमा नेपालको दोस्रो सानदार जित, आयरल्याण्ड ८ विकेटले पराजित

Image
बंगलादेशमा जारी यु-१९ विश्वकपमा लगातार दुई खेलमा जित हात पार्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। शनिबार आयरल्याण्डलाई ८ विकेटले हराउँदै नेपालले अन्तिम एक खेल अगाडिनै दोस्रो चरण प्रवेश गरेको हो।  नेपालले आज आयरल्याण्डले दिएको १३२ रनको लक्ष्य २५ ओभर ३ बलमा पुरा गर्‍यो। नेपालका लागि योगेन्द्र सिंह कार्कीले नटआउट ६१ रन बनाए। यस्तै सुनिल धमलाले २८ तथा आरिफ सेखले नटआउट ३१ रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड नेपाली बलरसामु टिक्न सकेनन्। सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै आयरल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३१ रनमा समेटिएको थियो। यु-१९ विश्वकप २०१६ मै पहिलो ह्याट्रिक गरेका उनले आयराल्याण्डविरूद्ध १० ओभर बलिङ गरेर २७ रन खर्चिएका थिए। यसै विश्वकपबाट डेब्यू गरेका उनले ३१ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक लिएपछि आयरल्याण्ड धरासायी बन्यो। यस्तै प्रदिपसिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले एक-एक विकेट लिएका थिए। पहिलो खेलमा टेष्ट मान्यताप्राप्त टोली न्यूजिल्याण्डलाई ३२ रनले हराएको थियो।

हेर्नुहोस् संसारका सबैभन्दा खतरनाक सात स्थानहरु (फोटोसहित)

Image
हामी सबै जना सुरक्षित स्थानमा बस्न रुचाउँछौं । कोहीपनि मानिस खतरनाक स्थानमा बस्न चाहाँदैनन् यो स्वभाविक हो । तर दुनियाँमा यस्तोपनि स्थान छ जसलाई संसारकै सबैभन्दा खतरनाक स्थानमा रुपमा लिइन्छ । प्रस्तुत छ दुनियाँको सबैभन्दा खतरनाक सात स्थानहरु : १. खुनी पोखरी (जापान) यो जापानको सबैभन्दा प्रसिद्ध स्थानमध्ये एक हो । यो पोखरीमा छुनसमेत मनाही गरिएको छ । किनकी यस पोखरीको तामक्रम १९४ डिग्री सेल्सिएस रहेको छ । यो पोखरीको पानी पूरै रगत जस्तो रातो छ र यसपानीमा नुनको मात्रा अधिक रहेको छ। यसलाई हेर्दा यस्तो लाग्छ यो नरक जाने मार्ग हो । २. किपु ताल (कंगो) अफ्रिकी महादेशको कंगो र रुवान्डा बिचमा रहेको स्थान हो यो । यसको पानीमूनि मिथेन ग्याँस लुकेको छ । यदि यो विषयुक्त ग्याँस बादल बनेर अगाडि बाहिर आयो भने यो क्षेत्र आपपासका करीब २० लाख मानिसको ज्यान लिन सक्छ । ३. माउण्ड मेरापी भोल्केनो (इन्डोनेसिया) यो एक सक्रिय ज्वालामूखि हो । यो मध्य इन्डोनेसियामा पर्दछ । सन् १५४८ देखि निरन्तर सक्रिय भइरहेको छ । जब यो विस्फोट हुँदैन धेरै मात्रामा धुँवा फ्याँक्ने गर्दछ । यसको धुँवा २ माइलको उचाईसम्म देखिन...

भूलेर पनि नखानुस् यी ४ चिज सँगसँगै

Image
खानेकुरा खानेमात्र भनेर हुदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा सँगै खाँदा मानिस गम्भीर बिरामी पनि हुनसक्छन् । किनकी हरेक खाद्यान्नको कम्बिनेशन राम्रो नहुनसक्छ । यहाँ केही त्यस्ता खानेकुराको बारेमा उल्लेख गरिनेछ, जसलाई सँगसँगै खानुहुँदैन । १.चिकेनसँगै जुस वा मिठाई खानु हुँदैन, किनकी यसले पेटसम्बन्धी बिरामी निम्त्याउन सक्छ । २.फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकी फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन । ३.दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । यदि सँगै खाइयो भने यसले एसिडिटी (ग्यास्ट्रिक) बढाउन सक्छ । ४.चिसो पेयपदार्थ पिउनासाथ पुदीना सेवन गर्नु हुँदैन । – नेपालपाटी

जिका’बाट सचेत रहौं : विज्ञ

Image
- अतुल मिश्र , महाशाखाले गर्भवती वा गर्भधारण गर्न चाहने महिलालाई जिका प्रभावित क्षेत्रमा नजान सल्लाह दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार लामखुट्टेबाट हुने जिका विषाणु डेंगु र चिकनगुनिया फैलाउने एडिस जातको लामुखुट्टेले सार्छ । जिका संक्रमण हुने व्यक्तिमा ज्वरो आउने, मांसपेसी–जोर्नी–टाउको दुख्ने, छालामा रातो धब्बा र आँखा पाक्ने रोग देखिन्छ । मुलुकमा डेंगु, चिकनगुनिया, जापानी इन्सेफ्लाइटिस, चान्दिपुरा भाइरसलगायत रोग भारत हुँदै फैलिएको उल्लेख गर्दै महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘उत्तर भारतमा देखिएपछि नेपालमा पनि फैलिएको इतिहास भएकाले जिकासमेत आउन सक्ने प्रवल सम्भावना छ ।’ डब्लूएचओका अनुसार चिली र क्यानडा छोडेर सम्पूर्ण पश्चिमी गोलाद्र्धमा तीव्र गतिले फैलिरहेको छ । डेंगुभन्दा जिका अलि नरम प्रकृतिको रहे पनि यो गर्भवती वा गर्भधारण गर्न खोज्ने महिलाका लागि खतरनाक देखिएको जनाउँदै उनले भने, ‘यसको संक्रमणले गर्दा थुप्रै शिशुमा जन्मिदै विकार देखिएको छ, शिशु माइक्रोसिफैलीबाट पीडित हुन्छ अर्थात् मस्तिष्क अविकसित रहन्छ ।’ माइक्रोसिफैली एक प्रकारको ‘न्युरोलजिकल ड...

रुद्राबेणी-वामी सडकमा तत्काल १५ करोड खर्च गर्ने गरी काम अघी बढाउन अर्थमन्त्रीको निर्देशन

Image
रुद्राबेणी-वामी सडकमा तत्काल १५ करोड खर्च गर्ने गरी काम अघी बढाउन अर्थमन्त्रीको निर्देशन छलफल कार्यक्रम पश्चात अर्थमन्त्रि पौडेलले सडकलाई आगामी आर्थिक बर्ष सम्म स्तरउन्नती गर्नको लागी १५ करोड तत्काल खर्च गर्ने गरि काम अगाडि वढाउन निर्देशन दिनुभएको र आबश्यक अन्य कुराहरुमा पनि कुनै कमी हुन नदिने समेत उहाँले जानकारी दिनुभयो  

न्यूजिल्यान्डमाथि नेपालको जित

Image
काठमाडौं : बंगालदेशमा जारी आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी न्यूजिल्यान्डलाई ३२ रनले पराजितख गरेको छ ।    बङ्गलादेशको फल्तुल्लाहस्थित खानसाहेब ओसमान अलि रङ्गशालामा भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले दिएको २३९ रनको चुनौती पछ्याएको न्यूजिल्यान्ड सबै विकेट गुमाउँदै ४७.१ ओभरमा २०६ रनमै सीमित भएपछि नेपालले सहज जित दर्ता गरेको हो । नेपाललाई जिताउने क्रममा दिपेन्द्र सिंह एरीले ३ विकेट लिए । त्यसैगरी प्रेम तामाङले २ विकेट तथा सन्दिप लामिछाने र सुनिल धमलाले १/१ विकेट लिन सफल भए ।  - न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ५२ रन जोड्न सफल भए । त्यसैगरी डेल फिलिप्सको नाममा ४१ रन रह्यो । जोस फिन्यले ३७ रन जोडे । नथन स्मिथको नाममा २४ रन रह्यो ।  यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कप्तान राजु रिजालको ४८ रनको मद्दतमा ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २३८ रन बनाउन सफल भएको थियो ।  नेपाली टोलीका कप्तान राजु रिजालले ४८ रनको योगदान दिए भने सन्दिप सुनार र आरिफ शेखले समान ३९÷३९ रन...

नेपालले विकेट लिऐको अबस्था राम्रो पर्द्र्शन​

Image
नेपालले विकेट लिऐको अबस्था राम्रो पर्द्र्शन​

‘मैले लाज मान्नु पर्दैन, भ्रष्टाचारका मुल जड नेताहरु नै हुन्’

Image
मैले लाज मान्नु पर्दैन, भ्रष्टाचारका मुल जड नेताहरु नै हुन्’ लिलामणि पौडेल (पूर्व मुख्यसचिव) केन्द्रदेखि जिल्ला र गाउँतहसम्म परिचालन भएका राजनीतिक दलका नेता तथा कार्यकर्ता धेरेको रोजगारी छैन । न त उनीहरु कुनै उद्योग धन्दामा छन् नत कुनै बैधानिक आयस्रोतको वाटोमा छन् । तर पनि दिनभर काम गर्ने मजदुर कर्मचारीभन्दा उनीहरुको जीवन सुखमय छ । बालबालिका राम्रा बिद्यालयमा र उपचार महँगो अस्पतालमा भएकै छ । यो कसरी सम्भव भयो ? भ्रष्टाचार न्यूनिकरणको उपाय यहीदेखि खोज्न सुरु गर्नु पर्दछ । तर यो कार्य निकै चुनौति र चोखिमपूर्ण म देख्दछु । करिव करिव ८० प्रतिसत राजनीतिक दलका नेता र कार्यकर्ताहरुको बैधानिक आयस्रोत देखिदैन । उनीहरुले राज्यको स्रोत र साधनको दोहन गरी दिनभर काम गर्ने मजदुर कर्मचारीको भन्दा राम्रो जिवनयापन गरिरहेका छन् । केन्द्रदेखि गाउँसम्म राज्यको स्रोत, साधन राजनीतिक दलका नेता कार्यकर्ताको हातमा छन् । त्यही स्रोत साधनलाई उनीहरुले दोहन गर्दछन् । नेपालमा भ्रष्टाचार बढ्नुको पहिलो कारण यही हो । म लामो समय निजामति कर्मचारी भएर काम गरेँ । सामान्य कर्मचारीदेखि सचिव र मुख्य सचिवको जिम्मेवारी बह...

दाहाल र महतोबीच फोन वार्ता, नाका खोल्न आग्रह

Image
- अवधेशकुमार झा , मोरङ माघ १३, २०७२- एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ले आन्दोलनरत मधेसी मोर्चा आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई नाका खोल्न आग्रह गरेका छन् ।  दाहालले हिजो महतोलाई टेलिफोन गरि संविधान संशोधन भएको र अन्य विषयमा बसेर छलफल मार्फत सीमांकन र अन्य मागका विषयमा समाधान निकाल्न आग्रह गरेको महतो निकटस्थ स्रोतले जनायो । जवाफमा महतोले तत्काल नाका खोल्नेबारे आफुहरुले सोच बनाइनसकेको जवाफ दिएका थिए । महतोले संशोधन मोर्चाको सहमतिमा नभएको र सीमांकन लगायका अन्य विषयमा समाधान हुने विश्वास मुख्य दलहरुले दिलाउन नसकेको बताएका थिए ।

डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने मुलुक

Image
लन्डन, माघ १३ । भ्रष्टाचारको मामलामा नेपालको अवस्था गम्भीर रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । भ्रष्टाचारबारे अनुगमन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ ले जारी गरेको प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रणको सवालमा नेपालको अवस्था विगत तीन वर्ष यता लगातार खस्किएको हो । भ्रष्टाचार नियन्त्रणमा सफलताको आधारमा दिइएको अंक अनुसार जारी प्रतिवेदनमा नेपाल १३० औं नम्बरमा छ । नेपालले २७ अंकका साथ उक्त स्थान ओगटेको हो । जबकी विश्वकै कम भ्रष्टाचार हुने राष्ट्र ठहरिएको डेनमार्कले ९१ अंक हासिल गरेको छ । यद्यपी अघिल्लो वर्षको तुलनामा डेनमार्कले १ नम्बर कम पाएको छ । सन् २०१४ मा डेनमार्क ९२ अंकसहित पहिलो नम्बरमा थियो । सन् २०१५ मा पनि पहिलो नम्बर मै रहे पनि उसको अंक घटेको हो । भ्रष्टाचारको मामलामा सोमालिया र उत्तर कोरियाले सबैलाई उछिनेका छन् । सूचीको पुछार अर्थात् १६७ औं नम्बरमा रहेको दुबै मुलुकले समान ८ अंक हासिल गरेका छन् । पछिल्ला वर्ष यी दुबै मुलुकको अंकमा कुनै सुधार नआएको हो । १६६ औं स्थानमा रहेको अफगानिस्तानले भने सन् २०१३ को तुलनामा सन् २०१४ मा केही स...

पाल्पा दरबार सङ्ग्रहालय बन्दै

Image
पाल्पा-पाल्पा ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पाल्पा दरबारमा 'पाल्पा दरबार सङ्ग्रहालय'को कार्यालय स्थापना भएको छ । राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार विसं २०६२ माघ १८ को माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । आक्रमणअगाडि दरबारमा प्रशासनिक कार्यालयहरु रहेका थिए ।  विसं २०६४ असार ३१ देखि दरबारको पुनःनिर्माण कार्य थालेर २०७० भदौ २० गते निर्माण सम्पन्न भएपनि सङ्ग्रहालय स्थापना गर्नुपर्छ भनेर स्थानीयले सरकारसँग माग गर्दा दरबार केही समय प्रयोगविहीन बनेको थियो । सरकारले भने अन्य कार्यालय राख्न खोजेको थियो ।दरबार जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंहले बिसं १९११ देखि १९३० को अवधिमा निर्माण गरेको अनुमान छ । सिंहदरबारको मोडलमा बनाएको दरबार भत्केपछि प्रताप शमशेरले विसं १९८२ मा पुनःनिर्माण थालनी गरी १९८२ मा दरबारको निर्माण पूरा गरेको ऐतिहासिक तथ्य भेटिएको छ ।पाल्पा दरबारको भूइँतलामा १३ कोठा एक शौचालय, दुई झ्याल, पहिलो तलामा १३ कोठा, एक शौचालय, दोस्रो तलामा १५ कोठा र २ शौचालय रहेका छन् । सो दरबार निर्माण कार्य सम्पन्न भएपछि लामो समय प्रयोगविहीन भएर बन्द अवस्थामा नै रहेको थियो । मा...

भारतमा नेपालीहरुको अपमान भएको भन्दै रामदेव ले गरे यसको विरोध हेर्नुहोस्

Image
Yog Guru Ramdev has been consistent and vocal in his support for the creation of the State of Gorkhaland within the Federal structure of the Union of India. Yog Guru is of the opinion that the vast majority of Nepali speaking Indian Gorkhas of the Darjeeling Dist. and Dooars region of West Bengal can be accorded a new State on the basis of the linguistic principle as followed by the first State re-organisation committee in 1956. It may be recalled that the first SRC was misled by the administrative machinery of the then Congress led B.C.Roy Govt. which deliberately and wrongfully recorded the percentage of Nepali speaking population of the Darjeeling District and Dooars as only 19% with the malafide intention of depriving the majority Nepali speaking Indian Gorkhas of their constitutional right to self-determination and national identity. Baba Ramdev's statement, as such is of great importance , as he is regarded as an eminent personality in the socio-cultural and political life...

अंशुबर्माको शिलालेखमा हँसिया धार लगाउँछन् टिष्टुङ उपत्यकाका भटुवालवासी

Image
टिस्टुङ (मकवानपुर), १४ माघ । ऐतिहासिक टिस्टुङ उपत्यकामा रहेको  लिच्छवीकालीन राजा अंशुवर्माको शिलालेख हसियाँमा धार लगाउने ढुङ्गोमा परिणत भएको छ ।  टिस्टुङको उत्तर पश्चिम भटुवाल गाउँको कोलटार भन्ने खेतको बीचमा स्थापित सो शिलालेख संरक्षणको अभावमा किसानहरुले आफ्नो औजार धार लगाउन वर्षैदेखि प्रयोग गर्दै आएका छन् । हसियाँ उध्याउन थालिएपछि यस ऐतिहासिक शालिक अर्ध नष्ट भइसकेको स्थानीय बासिन्दा सुदर्शन सिंह ठकुरीले बताए । केही बर्ष अघिसम्म शिलापत्रमा अंकित देखिने अक्षरहरु हाल बुझ्न पनि सकिंदैन ।  लिच्छवीका राजा अंशुवर्माले स्थापना गर्न लगाएको सम्वत ३१ सालको सो शिलालेखमा ‘स्वस्ती नेपालेभ्य’ भन्ने शव्द उल्लेख गरिएको टिस्टुङ भेगको इतिहास अध्ययन गर्न काठमाडौंबाट आउनु भएका एकराम सिंह बताउनुहुन्छ । उहाँले टिस्टुङ चित्लाङ भेगमा यस्ता धेरै ऐतिहासिक शिलापत्रहरु रहे पनि राज्यले संरक्षण गर्न नसकेको गुनासो गर्नु भयो । टिस्टुङको पाल्चोकमा दुई र चित्लाङमा एक लिच्छबीकालिन शिलालेखहरु हालसम्म बेवारिसे अवस्थामा रहेका छन् ।  अंशुवर्माको उक्त शिलालेखका आधारमा टिस्टुङ उपत्यका...

यु-१९ विश्वकप क्रिकेट समूह डी : नेपालद्वारा न्युजिल्याण्डसामु २३९ रनको लक्ष्य प्रस्तुत

Image
डिसीनेपाल डटकम - बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटमा समूह डी अन्तर्गत भएको खेलमा नेपालले न्युजिल्याण्डसामु २३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कुल ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै नेपालले २३८ रन बनाउँदै न्युजिल्याण्ड सामु २३९ रनको लक्ष्य राखेको हो ।न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपाली टोलीले ब्याटिङ थालेको हो ।खेल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्>>नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरेका थिए । कप्तानलाई बलियो साथ दिँदै आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो ।यसअघि प्रारम्भिक जोडी सन्दिप सुनार र सुनील धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सुनील १५ तथा सन्दिप ३९ रनमा आउट भए । तेस्रो नम्बरमा आएका योगेन्द्रसिंह कार्कीले ५ रन मात्र जोड्न सके ।पछिल्लो क्रमका राजवीर सिंह, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले पनि महत्वपूर्ण रन बटुले । उनीहरुले क्रमशः २४, १६ र ३५ को योगदान दिएका छन् । अन्तिम ओभरहरुमा कुशलको आक्रामक ब्याटिङले नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थिय...

८ बास्तु नियमः जसले ल्याउँछ घरमा सुख शान्ति

Image
बास्तु शास्त्रका अनुसार घरमा केही कुरामा ध्यान दिने हो भने हरेक समय सुख शान्ति प्राप्त हुन सक्छ । किन भने घरमा रहेका हरेक बस्तुले सकारात्मक र नाकारात्मक उर्जा बनाइरहेका हुन्छन् । घरमा नकारात्मकलाई निषेध गरेर सकारात्मक उर्जा जम्मा हुन दिएमा घरमा सुख शान्ति हुने बास्तु शास्त्रको दावी छ । यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः १. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण-पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ । २. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने ३. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ । मानिन्छ । उत्तर-दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ । ४. घरमा सर-सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ । ५. घरमा परिवारको तस्विर राख्दा दक्षिण-पश्चिम दिशामा राख्...

अष्ट्रेलियाबाट एकैसाथ सयौं विदेशी विद्यार्थी निष्काशित, यस्तो छ कारण

Image
मेलबर्न, ७ माघ । वर्ष २०१६ को सुरुआतमै अष्ट्रेलियाले सयौं विदेशी विद्यार्थीलाई निष्काशित गरेको छ । अष्ट्रेलियाको अध्यागमन विभागले विभिन्न कारण देखाएर यो वर्षको पहिलो महिनाको २० दिन नपुग्दै सयौं विदेशी विद्यार्थीहरुलाई निष्काशित गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । भिसाका शर्तहरु पूरा नगरेको, पढाई भन्दा अन्य पेसामा ध्यान दिएको लगायतका कारण त्यहाँको अध्यागमन विभागले २९८ जना विदेशी विद्यार्थीहरुको भिसा रद्द गरी उनीहरुलाई फिर्ता पठाएको हो । अध्यागमन विभागको तथ्यांक अनुसार गत वर्ष मात्रै १० हजार ९४९ जना विदेशी विद्यार्थीहरुको भिसा रद्द गरिएको थियो । तीमध्ये ५२० जनाले विश्वविद्यालय र प्राविधिक कलजेहरुमा अध्ययन गरिरहेको बताए पनि अनुगमनका क्रममा उनीहरु ती कलेजमा भर्ना नै नभएको पाइएको थियो । यस्तै ९ जनाले अष्ट्रेलियामा अध्ययनका लागि बुझाइएका डकुमेन्टहरु नक्कली भएको पाइएको थियो । २० जनाले अध्यागमन विभागमा गलत विवरण पेश गरेका थिए भने २० जना विद्यार्थीलाई भने उनीहरुको स्वास्थ्यमा देखिएको संक्रमणका कारण भिसा रद्द गरी फिर्ता पठाइएको थियो । गत वर्ष अर्थात सन् २०१५ मा अघिल्लो वर्ष २०१४ को...

नेपाली भूमिमा भारतीय उपनिवेश

Image
सन् १९५० जुलाई ३१ तारिखमा नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धिबारे नेपाली र भारतीय विद्वानहरूबाट धेरै टीकाटिप्पणी र अध्ययन–विश्लेषण भए पनि यस सन्धिका १० धारामध्ये नेपाल–भारत सीमाबारे कतै उल्लेख भएको छ कि छैन भन्ने सम्बन्धमा आ–आफ्नै मत राखेको पाइन्छ। तीमध्ये यस सन्धिमा सिमानाको कुनै कुरा छैन भन्ने एकथरी मत राजनीतिक स्वार्थ र पूर्वाग्रहबाट निर्दिष्ट छ। नेपालले भारतसँग जुन बाध्यतामा यो सन्धिमा हस्ताक्षर गरेको थियो, त्यसबाट नेपालले धेरै ठूलो राष ्ट्रिय क्षति व्यहोरिसकेको छ। नेपालमा जनसङ्ख्याको तीव्र वृद्धि हुनुमा यही सन्धि प्रमुख कारण बनेको छ। यसबाट छिट्टै वास्तविक नेपाली अल्पमतमा परेर फिजीको परिस्थिति उत्पन्न हुने सम्भावना प्रबल बन्दै गइरहेको छ। यही सन्धिबाट नेपालको राष्ट्रिय सुरक्षामा गम्भीर आँच आइसकेको छ। नेपालको संसदमा समेत भारतीय आप्रवासीको उल्लेख्य उपस्थिति भइसकेको छ र भारतमा जन्मिएकाहरू नेपालको नागरिकता लिएर मन्त्री पदमा पुगिसकेका छन्। त्यसैले यति ठूलो क्षति व्यहोरेको नेपालले आफ्नो राष्ट्रिय स्वार्थमा उच्च महत्त्व राख्ने र ठूलो टेवा पुर्‍याउने १९५० को सन्धिको धारा १ र ८ अ...