यु-१९ विश्वकप क्रिकेट समूह डी : नेपालद्वारा न्युजिल्याण्डसामु २३९ रनको लक्ष्य प्रस्तुत

डिसीनेपाल डटकम - बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटमा समूह डी अन्तर्गत भएको खेलमा नेपालले न्युजिल्याण्डसामु २३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कुल ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै नेपालले २३८ रन बनाउँदै न्युजिल्याण्ड सामु २३९ रनको लक्ष्य राखेको हो ।न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपाली टोलीले ब्याटिङ थालेको हो ।खेल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्>>नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरेका थिए । कप्तानलाई बलियो साथ दिँदै आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो ।यसअघि प्रारम्भिक जोडी सन्दिप सुनार र सुनील धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सुनील १५ तथा सन्दिप ३९ रनमा आउट भए । तेस्रो नम्बरमा आएका योगेन्द्रसिंह कार्कीले ५ रन मात्र जोड्न सके ।पछिल्लो क्रमका राजवीर सिंह, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले पनि महत्वपूर्ण रन बटुले । उनीहरुले क्रमशः २४, १६ र ३५ को योगदान दिएका छन् । अन्तिम ओभरहरुमा कुशलको आक्रामक ब्याटिङले नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो । उनले पाँच चौका प्रहार गरे ।न्यूजिल्याण्डका लागि नाथन स्मिथले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४८ रन खर्चेका थिए ।यसअघि सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो ।नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्ड र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!