‘मैले लाज मान्नु पर्दैन, भ्रष्टाचारका मुल जड नेताहरु नै हुन्’
मैले लाज मान्नु पर्दैन, भ्रष्टाचारका मुल जड नेताहरु नै हुन्’

लिलामणि पौडेल (पूर्व मुख्यसचिव)
केन्द्रदेखि जिल्ला र गाउँतहसम्म परिचालन भएका राजनीतिक दलका नेता तथा कार्यकर्ता धेरेको रोजगारी छैन । न त उनीहरु कुनै उद्योग धन्दामा छन् नत कुनै बैधानिक आयस्रोतको वाटोमा छन् । तर पनि दिनभर काम गर्ने मजदुर कर्मचारीभन्दा उनीहरुको जीवन सुखमय छ । बालबालिका राम्रा बिद्यालयमा र उपचार महँगो अस्पतालमा भएकै छ । यो कसरी सम्भव भयो ? भ्रष्टाचार न्यूनिकरणको उपाय यहीदेखि खोज्न सुरु गर्नु पर्दछ । तर यो कार्य निकै चुनौति र चोखिमपूर्ण म देख्दछु ।
करिव करिव ८० प्रतिसत राजनीतिक दलका नेता र कार्यकर्ताहरुको बैधानिक आयस्रोत देखिदैन । उनीहरुले राज्यको स्रोत र साधनको दोहन गरी दिनभर काम गर्ने मजदुर कर्मचारीको भन्दा राम्रो जिवनयापन गरिरहेका छन् । केन्द्रदेखि गाउँसम्म राज्यको स्रोत, साधन राजनीतिक दलका नेता कार्यकर्ताको हातमा छन् । त्यही स्रोत साधनलाई उनीहरुले दोहन गर्दछन् । नेपालमा भ्रष्टाचार बढ्नुको पहिलो कारण यही हो ।
म लामो समय निजामति कर्मचारी भएर काम गरेँ । सामान्य कर्मचारीदेखि सचिव र मुख्य सचिवको जिम्मेवारी बहन गर्दासम्म मैले भ्रष्टाचारका बारेमा केही अनुभवहरु संगालेको छु । राजनीतिक भ्रष्टाचार राजनीतिज्ञबाट मात्र हुँदैन । राज्यको स्रोत र साधन दोहन गराउन राष्ट्रसेवक कर्मचारीको मुख्य भूमिका हुने गर्दछ । उनीहरुले सानादेखि ठुला सवै भ्रष्टाचारलाई बैधानिक बनाउने गर्दछन् । कानुन विपरित भएका भ्रष्टाचारलाई कानुन सम्वत गराउने, कागजपत्र मिलाउने र भ्रष्टाचारका उपाय सिकाउने काम कर्मचारीबाटै हुने गर्दछ । त्यसमा केही लाभ कर्मचारीले लेलान् तर धेरै लाम राजनीतिक दलका नेता कार्यकर्तालाई नै हुने गर्दछ ।
कतिपय कर्मचारीले कानुन विपरित कार्य गर्न नमाने उनीहरुलाई कारवाहीको डण्डा बर्साउने काम हुन्छ । सरुवा, कारवाही र जगडा जस्ता कारवाही भोग्नुभन्दा अबैधानकि भ्रष्टाचारलाई लुकाउन बैधानिक बाटोमा कर्मचारी लाग्ने गर्दछन् ।
म मुख्य सचिव हुँदा अर्बाै रकम भ्रष्टाचार हुने धेरै योजनाहरु मैले विफल पारिदिएको छु । कतिपयले त्यही निहुँमा मलाई कारवाही गर्न पनि खोजे । एमआरपी छपाईको जिम्मा विदेशी कम्पनीलाई दिने, काठमाडौं तराई फास्ट ट्रयाक जस्ता राष्ट्रलाई क्षति पुग्ने योजना कार्यान्वयन हुन नदिन म लागेकै हुँ । एउटा मुख्य सचिवले यस्तो भूमिका निर्वाह गर्नु पथ्यो या पर्दैनथ्यो त्यो क्वइसनएवल होला तर मैले राष्ट्रका लागि ति काम गरेको हुँ ।

Comments
Post a Comment