यु-१९ विश्वकप क्रिकेटमा नेपालको दोस्रो सानदार जित, आयरल्याण्ड ८ विकेटले पराजित


बंगलादेशमा जारी यु-१९ विश्वकपमा लगातार दुई खेलमा जित हात पार्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ।

शनिबार आयरल्याण्डलाई ८ विकेटले हराउँदै नेपालले अन्तिम एक खेल अगाडिनै दोस्रो चरण प्रवेश गरेको हो।  नेपालले आज आयरल्याण्डले दिएको १३२ रनको लक्ष्य २५ ओभर ३ बलमा पुरा गर्‍यो।

नेपालका लागि योगेन्द्र सिंह कार्कीले नटआउट ६१ रन बनाए। यस्तै सुनिल धमलाले २८ तथा आरिफ सेखले नटआउट ३१ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड नेपाली बलरसामु टिक्न सकेनन्। सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै आयरल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३१ रनमा समेटिएको थियो।

यु-१९ विश्वकप २०१६ मै पहिलो ह्याट्रिक गरेका उनले आयराल्याण्डविरूद्ध १० ओभर बलिङ गरेर २७ रन खर्चिएका थिए।

यसै विश्वकपबाट डेब्यू गरेका उनले ३१ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक लिएपछि आयरल्याण्ड धरासायी बन्यो।

यस्तै प्रदिपसिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले एक-एक विकेट लिएका थिए।

पहिलो खेलमा टेष्ट मान्यताप्राप्त टोली न्यूजिल्याण्डलाई ३२ रनले हराएको थियो।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!