सहज बनाउन देशभर एउटै ब्रान्डको सिलिन्डर प्रयोगमा ल्याउने सरकारको तयारी

काठमाडौँ, १६ माघ - सरकारले उपभोक्तालाई सहज हुनेगरी देशभर एउटै ब्रान्डमा खाना पकाउने एलपीजी ग्यासको सिलिन्डर वितरण गर्ने तयारी सुरु गरेको छ।

आपूर्तिमन्त्री गणेशराज पुनले मुलुकभर एउटै ब्रान्डमा ग्यास सिलिन्डर वितरण गर्ने गृहकार्य सुरु गरिएको जानकारी दिए। उनका अनुसार हरेक वर्ष कुनै न कुनै बहानामा भइरहेको सिलिन्डरको अभाव समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न मुलुकभर एउटै ब्रान्डमा वितरण गर्ने प्रणाली तयार पार्न लागिएको हो।

‘ग्यासको समस्या यो वर्ष नाकाबन्दीले मात्रै होइन’, मन्त्री पुनले भने, ‘बर्सेनि कुनै न कुनै बहानामा उपभोक्ता ग्यासको चरम अभाव बेहोर्न बाध्य भएका छन् । अभावकै समयमा ग्यासको चरम कालोबजारी पनि बढ्दो छ। उनका अनुसार यस्ता समस्या समाधान गर्न छिमेकी मुलुकहरूबाट पाठ सिकेर हाल देशभर रहेका दर्जनौं ब्रान्डका सिलिन्डरलाई एउटै ब्रान्ड बनाएर बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन मन्त्रालयले गृहकार्य सुरु गरेको हो।

मन्त्रालयका अनुसार भारतले गरेको अघोषित नाकाबन्दीका कारण एउटै ब्रान्डको सिलिन्डर नहुँदा उपभोक्ताले दुईदेखि पाँच ब्रान्डका सिलिन्डर प्रयोग गर्दै आएको र एउटा ब्रान्डको सिलिन्डरमा ग्यास सकिँदा अर्को ब्रान्डसँग साट्न निकै समस्या भएकाले एउटै ब्रान्डमा सिलिन्डर ल्याउन लागिएको हो।

डिलरले अर्को ब्रान्ड साट्न पनि उपभोक्ताबाट बढी रकम असुल गर्दै आएको गुनासो आएपछि सरकारले दीर्घकालीन रूपमा ग्याससम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न प्रक्रिया अघि बढाएको छ।

निगमका अनुसार अहिले नेपालमा ५५ ब्रान्डका ६५ हजार सिलिन्डर उत्पादन हुन्छन्। मुलुकभर ६५ लाख सिलिन्डर ग्यासको माग छ। त्यसमध्ये ३० लाख सिलिन्डर उपत्यकामा खपत हुन्छ। अन्नपूर्ण पोस्टबाट
 

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!