जिका’बाट सचेत रहौं : विज्ञ
महाशाखाले गर्भवती वा गर्भधारण गर्न चाहने महिलालाई जिका प्रभावित क्षेत्रमा नजान सल्लाह दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार लामखुट्टेबाट हुने जिका विषाणु डेंगु र चिकनगुनिया फैलाउने एडिस जातको लामुखुट्टेले सार्छ ।
जिका संक्रमण हुने व्यक्तिमा ज्वरो आउने, मांसपेसी–जोर्नी–टाउको दुख्ने, छालामा रातो धब्बा र आँखा पाक्ने रोग देखिन्छ । मुलुकमा डेंगु, चिकनगुनिया, जापानी इन्सेफ्लाइटिस, चान्दिपुरा भाइरसलगायत रोग भारत हुँदै फैलिएको उल्लेख गर्दै महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘उत्तर भारतमा देखिएपछि नेपालमा पनि फैलिएको इतिहास भएकाले जिकासमेत आउन सक्ने प्रवल सम्भावना छ ।’
डब्लूएचओका अनुसार चिली र क्यानडा छोडेर सम्पूर्ण पश्चिमी गोलाद्र्धमा तीव्र गतिले फैलिरहेको छ । डेंगुभन्दा जिका अलि नरम प्रकृतिको रहे पनि यो गर्भवती वा गर्भधारण गर्न खोज्ने महिलाका लागि खतरनाक देखिएको जनाउँदै उनले भने, ‘यसको संक्रमणले गर्दा थुप्रै शिशुमा जन्मिदै विकार देखिएको छ, शिशु माइक्रोसिफैलीबाट पीडित हुन्छ अर्थात् मस्तिष्क अविकसित रहन्छ ।’
माइक्रोसिफैली एक प्रकारको ‘न्युरोलजिकल डिस्अर्डर’ हो । लामखुट्टेबाट उत्पन्न हुने यो भाइरस सन् १९४७ मा पत्ता लागेको हो । रगत परीक्षणबाट यो संक्रमण भए/नभएको थाहा हुन्छ ।
http://bit.ly/1JJZuR6

Comments
Post a Comment