दरबार हत्याकाण्ड कसले गरायो- यी ६ कुराबाट पत्ता लगाउन सकिन्छ
काठमाडौं । ‘देवयानीको अवस्था अहिले अस्वस्थ छ । अत्यन्त कमजोर अवस्था छ । ऊ विश्राममा छ । म प्रयासचाहिँ गर्छु ।’ ‘यहाँलाई थाहै छ, तीन दिनको समय आज सकिँदैछ । हामीले म्याद थपको रिक्वेस्ट गर्यौँ भने पनि धेरै समय उपलब्ध हुनेजस्तो लाग्दैन । यो स्थितिलाई अनुमान गरेर छिटोभन्दा छिटो जति सकिन्छ, देवयानीलाई यहाँ उपस्थित गराइदिन सक्नुभयो भने… दरबार हत्याकाण्डका १४ वर्षः कसले गरेको थियो विरेन्द्रको वंश विनास ? राजदरबार हत्याकाण्डको छानबिनका लागि गठित तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय नेतृत्वको उच्चस्तरीय समितिले तत्कालीन युवराज दीपेन्द्र शाहकी प्रेमिका देवयानी राणासँग बयान लिने प्रयासस्वरूप उनका बुबा पशुपतिशमशेर राणालाई अनुरोध गरिरहँदाको प्रसंग हो यो । देवयानी उपचारका लागि नयाँदिल्ली, भारत गइसकेकी थिइन्, त्यतिन्जेल । १९ जेठ ०५८ राती भएको दरबार हत्याकाण्डमा गोली चलाउने युवराज दीपेन्द्रसँग टेलिफोन सम्पर्कमा रहेकी देवयानी उच्चस्तरीय समितिसमक्ष बयान दिन त आइनन् । तर, समितिका तर्फबाट दिल्लीस्थित तत्कालीन नेपाली राजदूत भेषबहादुर थापाले देवयानीलाई दूतावासमै बोलाएर चिकित्सकको रोहवरम...