बहिनीको निधनबारे विमलले यसो भने
काठमाडौँ ,जेठ १६ – नेपाली राष्ट्रिय फुटबल टोलीका स्टाइकर विमल घर्तीमगरले बहिनी मनिषाले आत्महत्या गर्नै नसक्ने कुरा बताएका छन् । बहिनीको निधनको खबरले आफ्नो बेल्जियम बशाई छोट्याएर नेपाल फर्किने क्रममा कतारमा रहेका आफ्ना करिवी फ्यान एलिस खड्कासँग आफ्नो बहिनीको स्वभाव बताउदै उनले बहिनीको हत्या नै भएको कुरा दाबी गरेका छन् ।
बहिनीलाई पैसाको अभावमा नर्स पठाउन नसकेका विमलको दुखेसो सुनाउँदै एलिसले भने- ‘बिमल भाइको बहिनीलाई नर्स पढाउने चाहना रहेछ । तर, पैसा नभएकैले गर्दा पढाउन नसकेको कुरा गरे। बहिनीको हत्या नै भएको हो उनलाई लागेको रहेछ । मेरी बहिनीले आत्महत्या त गर्नै सक्दिँन भन्थें विमलले।’
बिमल शुक्रबार बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेका हुन्। सोही दिन नै बिमलले बहिनीको अन्त्येष्टि गरेका थिए । मनिषाको मृत्यु भएको चार दिन बितिसक्दा पनि अझै कारण पनि खुल्न सकेको छैन् । .
Comments
Post a Comment