संघीय गठबन्धनको आन्दोलनमा कांग्रेसको समर्थन, मधेसमा दुई प्रदेश हुनुपर्ने

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले संघीय गठबन्धनले सुरू राजधानी केन्द्रित आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले मधेससहित आदिवासी जनजातिले उठाएको मुद्दा जायज भएको बताउनुभयो । उहाँले नेपाली जनताले अधिकारको लागि गर्ने हरेक आन्दोलनमा कांग्रेसको समर्थन रहने बताउनुभयो । कोषाध्यक्ष यादवले झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुनुपर्ने धारणा राख्दै मधेसी मोर्चाले अगाडि सारेका सबै मागमा आफ्नो समर्थन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेसमा दुई प्रदेश हुनुपर्छ, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकतामा सबैलाई समान ब्यवस्था हुनुपर्छ र राज्यको सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘मधेस आन्दोलनमा मधेसी जनताको समर्थन भएको भए काठमाडांमा होईन, मधेसमा आन्दोलन हुने थियो ।’ -

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!