कठोर बन्दै सरकार

४ जेठ, काठमाडौँ ।
न्यूजसेवा डट कमलाई उच्च स्रोतबाट आएको जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार घेर्ने मधेसी मोर्चासहितका संघीय गठबन्धनका कार्यकर्तालाई कुनै कसुर नछाड्न निर्देशन दिएका छन् । उनले आन्दोलनका नाममा जथाभावी गर्न खेजे जेल हाल्न समेत निर्देशन दिएको स्रोत बताउँछ । ओलीले हिजो नै एक सार्वजनिक कार्यक्रममै  आन्दोलनरत संघिय गठनबन्धनलाई कडा चेतावनी दिएका थिए ।

मदन भण्डारी स्मृति दिवसका अवसरमा एमाले केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा धेरै दिन ट्राफिक व्यवस्था अस्तव्यस्त पारे सरकारले नसहने बताएका थिए । उनले कानुनी प्रकृया चाल्न सरकार पछि नहट्ने चेतावनी दिएका थिए ।


प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारभन्दा बालुवाटारमा व्यस्त भएको भन्दै मोर्चाले प्रधानमन्त्री निवास बालुवाटार घेर्ने निर्णय गरेपछि हिजो मात्रै कानुनी उपचार गर्ने चेतावनी दिएका प्रधानमन्त्री ओलीले आज सम्बन्धित निकायलाई कुनै कसुर नछाड्न निर्देशन दिएका हुन् ।  उनीहरुले प्रधानमन्त्रीलाई माग सम्बोधन नगरेसम्म बाहिर निस्कन नदिने ठोकुवा गरेका छन् ।

सोमबारसम्म सिंहदरबार केन्द्रित भएका सुरक्षाकर्मी सोमबार राती नै बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले गठबन्धनले पेल्न खोजे बलमिचाई गर्न समेत निर्देशन दिएका छन् । -

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!