Posts

Showing posts from February, 2016

दौघेली जनताको अघात मायालाई नभुलेको प्रदीप ज्ञवाली ......

Image
दौघाबासीको लागी खुसीको खबर क.प्रदीप कुमार ज्ञवाली द्वारा दौघाको खानेपानी सँगै बाटोको लागी करिब १ करोड बजेट पारित भऐको जानकारी र यसै बर्ष सम्बन्धित निकाय सम्म पुग्ने प्रति बध्धता जाहेर गर्नु भाको जानकारी। साथै ऐक पटक दौघा बासि सँग दुख सुख साट्न आउने प्रतिबध्धता जाहेर गर्नु भऐको छ।साथै ऐक पटक दौघा बासि सँग दुख सुख साट्न आउने प्रतिबध्धता जाहेर गर्नु भऐको छ।

घाइतेको बयानः विमान अनियन्त्रित भएपछि कोलहाल मच्चियो

Image
१४ फागुन, नेपालगञ्ज । एयर काण्ठमण्डपको उडानमार्फत म जुम्लाबाट नेपालगञ्ज जाँदै थिए । मध्यान्ह १२ बजेर १५ मिनेटमा बिमान नेपालगञ्ज बिमानस्थलबाट उडेको थियो । उडेको १० मिनेटपछि विमानभित्र हामीले चुईङगम पड्काएजस्तो आवाज सुन्यौँ । पहिलो पटक पड्किदा नै डर लाग्यो । दोस्रो पटक पनि पहिलेकै जस्तो आवाजमा पड्कियो । तेस्रो पठक पड्किएपछि यात्रुहरु नर्भस भइसकेका थिए । पाइलटले यात्रुलाई नआत्तिन आग्रह गर्दै सुरक्षित अवतरण गराउने आश्वासन दिए । चौथोपटक अलि ठुलो आवाजमा पड्कियो । त्यसपछि त विमानमा रहेका यात्रुहरुको होसहवास उड्न थाल्यो । विमान असन्तुलित हुन थाल्यो र फाइटर विमान झै आकाशमा यताउता नाच्न थाल्यो । त्यसपछि विमानले एकाएक उचाइ लिन थाल्यो । असन्तुलित भएपछि पहाडमा ठोक्किन सक्ने भयले पाइलटले उचाइमा पुर्‍याएका होलान् । त्यतिबेलासम्म विमानको सन्तुलन पुरै विगि्रसकेको थियो भने यात्रु रुने कराउने गरिरहेका थिए । मेरो पनि मुटुले ठाउँ छोडिसकेको थियो । बिमान उचाइमा रहेको बेला म बेहोस भएँ । करिव डेढ घण्टा बेहोस भएछु । होस खुल्दा कालिकोटकै स्थानीय स्वास्थ्य चौकीमा आफूलाई पाएँ । मेरो आँखा र खुट्टामा साम...

गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ,मुटुरोगका लक्षणहरु यस्ता छन् ।

Image
पहिले मुटुरोगलाई पाका मान्छेहरुको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो गरि फैलिएको पाइन्छ । मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ । प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै आफुलाई मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ, केही लक्षणहरुको आधारमा । यदि त्यस्ता लक्षणहरु देखिए र उपचार तर्फ लागियो भने मुटुरोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्ने विज्ञहरु बताउँछन् । तर मुटुरोगको प्रारम्भिक अवस्थामा उपचार नगर्ने र रोग छिप्पिँदै गएपछि भने त्यसको उपचार पनि कठीन र बढि महंगो समेत हुन्छ । त्यसरी कतै आफुलाई पनि मुटुरोग पो छ की ? भनेर सचेत बन्नुपर्छ । यी लक्षणहरु देखिएमा सचेत हुनुहोस् की तपाइँलाई पनि मुटुको रोग सुरु भैसकेको हुनसक्छ १. छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुने( छातिमा बेचैनी हुने वा भारीपन महसुस हुनु हृदयाघातको मुख्य सूचकका रुपमा लिइन्छ । त्यसैले यदि तपाइँलाई यस्तो भैरहन्छ भने त्यसलाई हल्का रुपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर जँचाइहाल्नुस् । २.सास फेर्न कठिनाइ हुने( यदि तपाइँलाई ...
Image
काठमाडौं, ९ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व नविना लामाको हातमा पर्ने लगभग पक्का भएको छ । नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा जारी मतगणनाअनुसार अब नविनालाई जितका लागि मात्र ५० मतको आवश्यकता छ । जबकी ३०० मत गणना हुन बाँकी छ । यो मध्ये ५० मत पाए नविनाको पक्षमा बहुमत हुनेछ । यो तथ्यांकका आधारमा संस्थापनबाट अध्यक्षको उम्मेदवार बनेकी नविनाले जित्ने लगभग पक्का भैसकेको छ । एक हजार पाँच सय ७३ प्रतिनिधिले भाग लिएको मध्ये हालसम्म एक हजार नौँ सय चार मतगणना भैसकेको छ । जसमा लामाको ७०४ मत छ भने प्रतिद्धन्द्धी दिपक गौतमको ४९० मत छ । उपाध्यक्ष तथा सचिवमा पनि लामा प्यानलका उमेद्वारको अग्रता कायमै छ । आज राति सकिने मतगणनामा नविना प्यानल विजयी नजिक पुगेको हो । थप अपडेट: अब मात्र 217 मत गन्न बाकी, दुई घन्टा भित्र पुण रिजल्ट आउने नबिना 732 दिपक 563 जीवन 542 निलकन्ठ 473 महेस 683 रश्मि 636 राधिका 595 शैलेश 577 सरोज 532 सुनिता 622 ऐन 719 अब्दुल 567 आरसि 686 समिक 686 सुदेश 629 मकर585 भक्त 549 वसन्त 537 अशेश 522 भिम 469 आरती 640 कमला 617 ...

राजधानीमा भयानक दुर्घटना:दुई विद्यार्थीको मृत्यु,केही पैदलयात्री घाइते

Image
काठमाडौँ,राजधानीको महाराजगञ्जमाभयानक सडक दुर्घटना भएको छ ।दुर्घटनामा परी दुई विद्यार्थीको घटनास्थलमै ज्यान गएको छ भने केही पैदलयात्री घाइते भएका छन् । महाराजगञ्ज प्रहरी वृत्तका अनुसार विद्या संस्कार स्कुल थापागाँउको स्कुल बसले किचेर महाराजंगञ्जमा दुई जना एमडी पढ्दै गरेका विद्यार्थीको मृत्यु भएको हो । विद्यार्थी छोड्न गएको विद्या संस्कार स्कुलको बसले कान्ति वाल अस्पताल र त्रिवी शिक्षण अस्पतालको पछाडीको ओरालोमा अनियन्त्रित भएर सडकमा हिडिरहेका यात्रुलाई ठक्कर दिएको थियो । ठक्करबाट एमडी अध्ययन गर्दै गरेका प्युठान घर भएका सञ्जिव सुवेदी र भारत विहार घर भएका सति आनन्दको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य केहि बटुवा पनि घाइते भएका छन् । मृतक दुवैजना त्रिवी शिक्षण अस्पतालमा मेडिकल साइन्सका विद्यार्थी थिए । उनीहरुको शवलाई पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पतालमै राखिएको छ । स्कुल बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप कारवाही अगाडि बढाएको छ ।

हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने

Image
हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने - खुल्ला नाका सञ्चालनले विना अवरोध निरन्तरता पाउनुपर्छ :: Watch videohttp://www.dcnepalonline.com/event/events.php?nid=7459

तपाईको दिमाग कस्तो ? अाफै परीक्षण गर्नुहाेस्

Image
मानिसको दिमाग दाँयाँ र बाँयाँ गरी दुई भागमा बाँडिएको हुन्छ । त्यसमा पनि हरेक व्यक्तिको एक पाटो अर्कोभन्दा बढी सक्रिय हुन्छ । दिमागको दाँयाँ र बाँयाँ मध्ये जुन पाटो बढी सक्रिय हुन्छ, सोहीअनुसार व्यक्तिको व्यवहार र सन्तुलन निर्धारण हुन्छ । कोही सानो–सानो कुरामा पनि तनावमा आउँछन कोही ठूलो समस्यामा पनि शान्त रहन्छन् । दिमागको सक्रियता अनुसार यस्तो हुने गर्छ । कस्तो दिमाग भन्ने उसको स्वभावले जनाउँछ । देब्रे दिमाग देब्रे दिमाग बढी सक्रिय हुनेको मौखिक क्षमता निकै धेरै हुन्छ । यस्ता व्यक्तिको तार्किक शक्ति पनि मजबुत हुन्छ । देब्रे दिमाग बढी चल्ने व्यक्तिमा आफ्नो भावनालाई नियन्त्रण गर्न सक्ने र योजनाबद्ध तरिकाले चल्ने स्वभाव हुन्छ । यस्ता व्यक्तिको बोल्ने र लेख्ने क्षमता पनि राम्रो हुन्छ । गणित र विश्लेषणमा पोख्त हुन्छन् । बायाँ दिमाग सक्रिय भएका मानिस संसारमा २० प्रतिशत छन् । दाहिने दिमाग   दाहिने दिमाग बढी सक्रिय हुनेहरू खुला, सहज, भावनात्मक स्वभावका हुन्छन् । यस्ता व्यक्ति निकै रचनात्मक पनि हुन्छन्, गफगाफमा निपुण हुन्छन् । दाहिने दिमाग बढी चल्ने व्यक्ति निकै गहिरो विचार र भावनाले ओत...

आँखा स्वस्थ राख्न ध्यान दिनै पर्ने१० महत्वपुर्ण कुरा

Image
१ नियमित जाँच कतिपय व्यक्ति यस्ता पनि भेटिन्छन्, जसले कहिल्यै पनि आँखाको जाँच गराएका हुँदैनन् । जब समस्या आर्इपर्छ अनि मात्र उनीहरु आँखा अस्पताल पुग्ने गरेको पाइन्छ । तर बाल्यकालदेखि नै नियमित आँखा जँचाउनु जरुरी हुन्छ । पाँच वर्षुनिका बच्चाहरुमा देखा पर्ने रोगहरु जस्तै- क्रियाशील नभएको आँखा (Lazy Eye), डेढो आँखा (Crossed Eyes) लाई उपचार गरेर निको पार्न सकिन्छ । आँखामा पर्ने प्रभाव हेरेर सोहीअनुसार आँखा जँचाइरहनुपर्छ । भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि आँखामा केही नभए पनि २० देखि ३० वर्षम्म कम्तीमा एक पटक र ३० देखि ४० वर्षम्ममा दुइ पटक आँखाको जाँच गराउनुपर्छ । आँखाको देख्ने शक्ति पनि उमेरसँगै परिवर्तन भइरहेको हुन्छ । जति उमेर बढ्दै जान्छ त्यति आँखामा समस्या थपिंदै जान्छ । बेलैमा सचेत भए मस्कुलर डिजेनरेसन (Mascular Degeneration, ग्लुकोमा (Glaucoma) जस्ता आँखामा लाग्ने खतरनाक रोग बेलैमा जँचाएर निको पार्न सकिन्छ । ग्लुकोमा भएका व्यक्तिले नियमित जँचाउनुपर्ने हुन्छ । किनभने यो रोग धेरै खतरनाक हुन्छ । जब हामी ४० वर्षकाट्छौं तब मधुमेह, रक्तचाप, मुटुको रोगजस्ता धेरै किसिमका रोग लाग...

जाडोमा स्वस्थ रहन अपनाउनुपर्ने ११ तरिका

Image
शरीरलाई क्रियाशील राख्ने जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ । खानपानमा ध्यान दिने जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ । सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ । वजन बढ्न नदिने जाडो मौसममा शारीरिक श्रम र व्यायाम कम हुने गर्छ । मसलादार र चिल्लो खाना खाने रुचि जाडोमा बढी हुन्छ । त्यसैले जाडोमा मानिस मोटाउने गर्छन् । त्यसैले मोटाएर खास गरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्नेमा सचेत हुनुपर्छ । किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाइदिन्छ । पर्याप्त सुत्ने वयस्...

सरकारले ‘मेरो धरहरा म बनाउँछु’ अभियान चलाउने, मन्त्रीपरिषदका सबैले एक महिनाको तलव दिने -

Image
http://kantipur.ekantipur.com/news/2016-02-16/20160216170620.html काठमाडौं, ४ फागुन, सरकारले ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने अभियान अघि बढाउने निर्णय गरेको छ । मन्त्रीपरिषदको मंगलबार साँझ बसेको बैठकले धरहरा निर्माणमा सहभागी हुन स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई आह्वानसमेत गरेको छ ।   सरकारमा रहेका सबै मन्त्रीहरुले सो अभियानमा सघाउन आब्हान गर्दै एक महिनाको तलबसमेत दिने निर्णय गरेका छन् ।   मन्त्री परिषदले प्रधानमन्त्री केपी ओलीको फागुन ७ गते भारत भ्रमणमा जाने ४६ जना टोलीलाई पनि स्वीकृत गरेको छ । aajako khabar

NEPAL VS INDIA

Image
ईतिहास रच साथी हो यो जिम्मेवारि तिम्रै हो बिजयी भइ उपाधी लेउ साथी हो यो तिम्रै समय हो ।। बिजयी भव 😀 http://www.dcnepalonline.com/event/events.php?nid=7418 सबै साथीहरूले मनैबाट शुभकामना दिनु होला ताकी आज नेपालको जित निस्चित हुन्छ ।।

ब्लडग्रुप अनुसार के खाने के नखाने ?

Image
समूह ए : यो रक्तसमूह भएका मानिसहरुले हरियो सागसब्जी, नास्पाती, गाँजर, लसुन, सिमी जस्ता खानेकुराहरु खाँदा स्वास्थ्यका लागि फलदायी हुने चिकित्सकहरुले बताएका छन् । साथै दूधबाट बनेको परिकारहरु पनि खान चिकित्सकको सुझाव रहेको छ । चिकित्सकका अनुसार यो समूहका मानिसहरुले भात र रोटी, कुखुरा र खसीको मासु कम गर्दा राम्रो हुने बताएका छन् । समूह बी : यो रक्त समूह भएकाका मानिसको पाचन शक्ति राम्रो हुने बताईएको छ । यो समूहका मानिसका लागि सागसब्जी, फलफूल, माछा, मटन, चिकेन सबै राम्रो मानिन्छ । समूह ए बी : अरु रक्त समूह भन्दा यो समूह निकै कम मानिसमा पात्र देखिन्छ । यो गु्रप भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्जी खानु उत्तम हुन्छ । त्यसका साथै अन्डा पनि खाँदा राम्रो हुन्छ । त्यसका साथै दूध र दूधले बनेका परिकारले पनि त्यति खराबी गर्दैन । समूह ओ : यो रक्त समूह भएका मानिसले बढी प्रोटिन भएको आहारा लिनु राम्रो मानिन्छ । जस्तै, दाल, मासु, माछा, फल राम्रो हुन्छ । त्यस्तै, अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो मानिन्छ ।

यी हुन् क्यान्सरका संकेत, जान्नुस् र अमूल्य जीवन बचाउनुस् दैनिक नेपाल२०७२ माघ २७ गते १०:४९ -

Image
एजेन्सी । शरीरमा कैयौ यस्ता दुखाई हुन्छ । जस्तै, थकान लाग्नु, लामो समयसम्म ज्वरो आइरहनु आदिलाई सामान्य सम्झेर हामीले त्यसमा ध्यान दिँदैनौं तर, यी संकेत शरीरका लागि खतरनाक हुनसक्छ । अर्थात यिनले क्यान्सर पनि जन्माउन सक्छ । त्यसैले मानिसले स–साना समस्यामा पनि सावधानी अपनाउनुपर्छ । रोग लागेपछि मृत्युवरण गर्नुभन्दा रोग लाग्नु अगाडि नै लक्षण थाहा पाएर अमूल्य जीवन बचाउन सकिन्छ । यहाँ केही क्यान्सरका लक्षण प्रस्तुत गरिएको छ जसले जीवन बचाउन मद्दत गर्नेछः – खाना खाइसकेपछि छातिमा हल्का दुःखाई हुनु वा पीडा महसुस भइरहेको छ भने यो लक्षण एसोफेजियल क्यान्सरको हो । तुरुन्त डाक्टरसँग सल्लाह लिनुस् । – पेटको तल्लो भागमा दुःखाई हुनु, फुल्नु वा पेट खराब हुनुको संकेत कोलोरेक्टल क्यान्सरको सुरुआती लक्षण हुनसक्छ । यसका साथै यसले लिभरमा ट्युमर पनि हुनसक्छ । सावधानी अपनाउनुस् र डाक्टरलाई देखाउनुस् । – खाना निल्दा दुःखाई र पीडा हुन्छ भने यसले गलाको क्यान्सरको संकेत गर्छ । साथै यदि दुःखाई बढी नै हुँदैछ भने यसले फोक्सोमा पनि समस्या ल्याउँछ । – कहिले काँही अचानक आवाज भारी हुन्छ...

ग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिने (यो post जनचेतनाको लागि भएको हुँदा, कृपया शक्दो Share गरिदिनुहोला)

Image
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वाय ु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको लक्षण हो । यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती मध्ये केही यहाँ भनिएको छ ः १. बेसारको पात बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ । २. अम्बाको पात एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ । ३. आलुको जुस आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् । ४. अदुवा ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औष...

स्वस्थ रहने सूत्र(यो post जनचेतनाको लागि भएको हुँदा, कृपया शक्दो Share गरिदिनुहोला)

Image
तरल पदार्थ ग्रहण : पानी शरीरको प्रमुख तत्व हो । शरीरको तौलको साठी प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ । औसत रूपमा एकजना वयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ । शरीरमा पानीले छाला कोमल बनाउनुका साथै पाचन तन्त्र ठीक राख्छ ।  भोजनमा नुनको मात्रा कम : अचार, पापड, चटनी, केनु सुप र तरकारीमा नुनको प्रयोग कम गर्नुपर्छ । प्रतिदिन ५ ग्रामभन ्दा कम नुन राम्रो मानिन्छ । ताजा सागसब्जी, फलफूल, माछा, पोल्ट्री उत्पादन र ननभेज खानुपर्छ ।  आदर्श तौल : अतिरिक्त तौलका कारण पनि स्वास्थ्यका मामिलामा जोखिम बढ्छ र ह्दय रोग तथा मधुमेहजस्ता रोगको आशंका बढ्छ । यदि तौल सामान्यभन्दा बढी भएको छ भने खानपानमा बिस्तारै परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ । आफ्नो शारीरिक सक्रियतालाई पहिलेभन्दा बढी तेज गर्नुपर्छ । यदि एकैदिनमा एक–डेढ किलो तौल बढेको छ र सातामा एक–दुई किलो बढ्दैछ भने कुनै फिटनेस ट्रेनरसित सल्लाह गरी काम गर्नुपर्छ । ब्लड प्रेसर तथा कोलेस्ट्रोल लेवल : ब्लड प्रेसर तथा कोलेस्ट्रोल लेवलको जाँच गर्नुपर्छ । उच्च रक्तचाप भएका व्यक्तिमा...

शुशिल कोइरालाको निधनलाई उपेन्द्र यादबले आफ्नो विजयी समेत ठाने र भने अब पालो केपी ओलीको :: थप समाचार >>

Image
savara dc nepal

अखिलको निर्वाचन, नेता मैदानमा (को नेता कस्को पक्षमा ?)

Image
अखिलको निर्वाचन, पार्टी नेता मैदानमा (को नेता कस्को पक्षमा ?) काठमाडौ २८ माघ । नयाँ नेतृत्व चयन गर्न एमालेको भात्रृ संगठन अनेरास्ववियुको २२ औ  महाधिबेशन विहीबार देखि काठमाडौमा सुरु भएको छ । ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास राष्ट्र निर्माणको आधार, सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नाराका साथ हुन थालेको  महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । महाधिवेशनका लागि साढे १५ सय प्रतिनिधी काठमाडौं आइसकेका छन् । अखिल महाधिबेशनमा पार्टीको दुई लाइन अनुसार नै प्रतिस्पर्धा हुने देखिएको छ । एमाले संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच ट्कराव हुने भएको हो । संस्थापन पक्षको नेतृत्व नविना लामाले गरेकी छिन् भने नेपाल पक्षधरबाट दीपक गौतमले नेतृत्व गरेका छन् । दुई पक्षबीच निकै कठा प्रतिस्पर्धा हुने अनुमान अखिल प्रतिनिधीहरुले गरेका छन् । अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, कोषाध्यक्ष हुदै उपाध्यक्ष बनेका गौतमका पक्षमा पूर्वअध्यक्षहरु राजेन्द्र राई, ठाकुर गैरे र रामकुमारी झाँक्री मैदानमा छन् भने संस्थापकी उम्मेद्...

चीनसँग नेपालले गर्यो अर्काे सम्झौता, भारतको एकाधिकार तोडियो दैनिक नेपाल२०७२ माघ २८ गते १२

Image
काठमाडौं, २८ माघ । पाँच महिनादेखि नाकाबन्दी लगाएको भारतको घमण्ड तोड्दै नेपालले चीनसँग अर्काे सम्झौता गरेको छ । नाकाबन्दीका बेला इन्धन र व्यापार लगायत ८ बुँदे सम्झौता गरेको नेपालले यसपटक भारतको एकाधिकार रहेको इन्टरनेट क्षेत्रमा पनि चीनसँग सम्झौता गरेको हो । जसअनुसार इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दो तथा सस्तो बनाउन मुलुुककै ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मित्रराष्ट्र चीनबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याउन गरिरहेको तयारी अन्तिम चरणमा पुगेको छ । हाल भारततर्फबाट मात्र जोड्ने गरी अप्टिकल फाइबर सञ्चालनमा रहेकोमा अबको करिब १ महिनासम्ममा चीनतर्फबाट पनि ब्यान्डविथ भित्रिने भएको हो । यससँगै टेलिकम उत्तरतिरबाट ब्यान्डविथ भित्र्याउने नेपालका लागि पहिलो सेवाप्रदायक बन्नेछ । टेलिकमले चीनतर्फबाट ब्यान्डविथ भित्र्याउन अप्टिकल फाइबर जडानको कार्य सम्पन्न गरिसकेको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

बेगनासतालमा विदेशी महिलाको शव

Image
पोखरा,  कास्कीको लेखनाथ नगरपालिकको बेगनासतालमा एक विदेशी महिलाको शव फेला परेको छ ।  आज तालमा अपरिचित विदेशी महिलाको शव तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ३०÷३१ वर्ष उमेरकी ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । महिलाको साथबाट कुनै प्रकारको कागजात फेला नपरेकोले पहिचान हुन नसकेको बताइएको छ । शरीरमा चोटपटक नदेखिएका कारण ती महिलाको तालमा डबेर मृत्यु भएको अनुमान गरिएको छ । शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ । रासस

चिलिमा शक्तिशाली भूकम्पको धक्का, सुनामी आउने चेतावनी

Image
काठमाडौँ, २७ माघ - विश्वकै भूकम्पीय खतरा भएको देश चिलीमा ६.६ रेक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प गएको केही समयमै ५.१ रेक्टर स्केलको पराकम्पसमेत गएको छ।अन्तर्राष्ट्रि संचारमाध्यमले भूकम्प पछि त्यहाँ सुनामी आउने खतरा कायमै रहेको चेतावनी दिएका छन्। एजेन्सी -

दौघा खानेपानि योजना पुरा हुन हुन करिब ३।४ बर्ष लाग्ने अनुमान छ

Image
दौघा हालै बन्दै गरेको ट्यान्कीको काम सुरूवात भऐको छ जुन निर्माण गर्न कठिन देखिदैछ निर्माण स्थल कोटपाकामा रहेको छ यो ट्यान्की अरु दुई भन्दा डबल क्यापासिटीको हुनेछ भन्ने जानकारी छ।

हार्दिक श्रदा सुमन

Image
नेपलि राजनितिका एक कर्मठ नेता सधै मेल मिलापको नितिलाई अगाल्ने पुर्व प्रधानमन्त्री सुसिल कोइरालाको निधनले देशले एऊटा असल राजनितिज्ञ गुमाऐको आभास भऐको यस दुखद क्षणमा    हार्दिक श्रदा सुमन

‘सुशील दा’ ले २५ मिनेट फुटबल मैदानमा विताउँदाको त्यो दिन -

Image
काठमाडौं, माघ २७ । नयाँ पत्रिकाले भूकम्पपीडितको सहयोगार्थ आयोजना गरेको शीर्ष नेता भर्सेस कलाकारको फुटबलको प्रमुख आकर्षण थिए, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला । नेताको टोलीको कप्तानी गरेका कोइराला ११ नम्बरको जर्सीमा मैदानमा उत्रिएका थिए । सबैभन्दा वृद्ध खेलाडी भएकाले उनलाई युवा नेताहरूले केही समयपछि आग्रह गरे, ‘प्रधानमन्त्रीज्यू, रिप्लेस गरौँ, तपाईं थाक्नुहुन्छ ।’ सायद यो आग्रहले कोइरालालाई छोएन, उनी मैदानबाट बाहिरिन चाहेनन् । कोच, अन्य खेलाडीको अनुरोधलाई उनले जवाफ दिए, ‘अब एकैछिन ।’ मैदानमा जगिङ गर्दै प्रवेश गरेका कोइराला लगातार २५ मिनेट मैदानमा टिकिरहे । त्यसबीचमा उनले हेड गर्ने प्रयास गरे, ड्रिब्लिङ प्रयास गरे र पास पनि दिए । कोइरालाले खेल अवधिमा १० पटक ‘पावरफुल सट’ हान्ने प्रयास पनि गरे । टसपछि कोइरालाले बल पास गरे । तर, धेरै टाढा पुगेन । पुनः प्रहार गर्न बलतर्फ बढ्दै गर्दा विपक्षी कलाकारको टोलीले बल नियन्त्रणमा लियो । तैपनि कोइराला पछाडि फर्केनन्, बलतिरै दौडिइरहे । कलाकार खेलाडीले ‘मिस पास’ गर्दा कोइराला किक हान्न पनि सफल भए । खेल सुरु भएको १० मिनेटपछि कोइरालासँगै मैदा...

रुद्रबेनी - वामीटक्सार सडक एमाले ले बनाउने दाबी, वामीमा के के भने नेता ले

Image
रुद्रबेनी - वामीटक्सार सडक एमाले ले बनाउने दाबी, वामीमा के के भने नेता ले

संसार छोड्नु अघि सहयोगीसँग कोइरालाले अन्तिम दुई शब्द बोलेका थिए - ’मैले बुझिसके’

Image
काठमाडौं, २६ माघ - नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ। कोइरालाको गएराति १२ बजेर ५० मिनेट जाँदा महाराजगन्जस्थित आफ्नै निवासमा निधन भएको हो। कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगी कृष्ण अर्याल र निजी चिकित्सक डा‍। करबीर योगीसँग सम्बाद गरेका थिए। उनीहरुको सँगको सम्बादमा कोइरालाले भनेका थिए, दुई शब्द त्यो हो -‘मैले बुझिसके’। कोइरालाले यो भनाईसँगै गएराति संसार छोडे। कोइरालालाई गएराति अलिक बढी गाह्रो भएपछि निजी चिकित्सक डा योगीलाई निवासमै बोलाइएको थियो। पल्स एक्कासी कम हुँदै गएपछि उपचारका सम्बन्धमा निजी चिकित्सक योगीसँगको कुराकानीका क्रममा कोइरालाले–‘मैले बुझिसके’ भनेका थिए। गाह्रो भएपछि अन्तिम समयसम्म पनि कोइरालालाई अक्सिजन र नेवुलाइजर दिइएको थियो। कोइरालालाई पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो। उनलाई निजी चिकित्सक र आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा पुर्याउँदै आउनु भएको थियो। कोइरालामा दमको समेत प्रभाव देखिएकोले उनले केही दिन अगाडिदेखि आवश्यकता अनुसार नेवुलाईजर र अक्सिजन लिने गरेका थिए। कोइरालामा केही दिन यता निद्र...