अखिलको निर्वाचन, नेता मैदानमा (को नेता कस्को पक्षमा ?)

अखिलको निर्वाचन, पार्टी नेता मैदानमा (को नेता कस्को पक्षमा ?)nabina ra deepak


काठमाडौ २८ माघ । नयाँ नेतृत्व चयन गर्न एमालेको भात्रृ संगठन अनेरास्ववियुको २२ औ  महाधिबेशन विहीबार देखि काठमाडौमा सुरु भएको छ ।
‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास राष्ट्र निर्माणको आधार, सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नाराका साथ हुन थालेको  महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
महाधिवेशनका लागि साढे १५ सय प्रतिनिधी काठमाडौं आइसकेका छन् । अखिल महाधिबेशनमा पार्टीको दुई लाइन अनुसार नै प्रतिस्पर्धा हुने देखिएको छ । एमाले संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच ट्कराव हुने भएको हो । संस्थापन पक्षको नेतृत्व नविना लामाले गरेकी छिन् भने नेपाल पक्षधरबाट दीपक गौतमले नेतृत्व गरेका छन् । दुई पक्षबीच निकै कठा प्रतिस्पर्धा हुने अनुमान अखिल प्रतिनिधीहरुले गरेका छन् ।
अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, कोषाध्यक्ष हुदै उपाध्यक्ष बनेका गौतमका पक्षमा पूर्वअध्यक्षहरु राजेन्द्र राई, ठाकुर गैरे र रामकुमारी झाँक्री मैदानमा छन् भने संस्थापकी उम्मेद्धार लामालाई जिताउन  पोलिटव्युरो सदस्य भानुभक्त ढकाल पूर्व अखिल अध्यक्ष खिमलाल भट्टराई, माधव ढुंगेल मैदानमा उत्रेका छन् ।
यस्तै उपाध्यक्षमा संस्थापन पक्षबाट रश्मी आचार्य, महेश वतौला, सुनिता बराल र शैलेश लामा रहेका छन् । आचार्य अहिले कोषाध्यक्ष, वतौला सचिव तथा वराल र लामा सचिवालय सदस्य हुन् ।
यस्तै नेपाल पक्षबाट उपाध्यक्षमा निलकण्ठ आचार्य, जीवन राई, सरोज यादव र राधिका खतिवडा मैदानमा छन् । आचार्य र राई क्रमश लेखा र अनुशासन आयोगको संयोजक तथा यादव र खतिवडा सचिव हुन् ।
यस्तै   महासचिवमा ऐन महर र अब्दुल हुसेन खाँ बीच प्रतिस्पर्धा हुने भएको छ । दुवै पश्चिमका रहेका महर उपाध्यक्ष र खाँ सचिव हुन । मुस्लिम समुदायबाट पहिलो पटक खाँ महासचिव पदमा प्रतिस्पर्धा गदैछन् । बाँके जिल्ला कमिटीको सचिवालय सदस्य समेत रहेका खाँ अखिलभित्र प्रभावशाली नेता मानिन्छन् ।
७ सचिवमा संस्थापन पक्षले खुला तर्फ आरसी लामिछाने, समिक बडाल,बसन्त ढकाल र मकर खड्कालाई उम्मेदवारी बनाइएको छ । महिला तर्फ कमला वोहरा,  मधेसीबाट दुर्गानन्द ठाकुर, जनजातिबाट अमृत बुढा चुनावी मैदानमा उत्रिएका छन् । कोषाध्यक्षमा पाटन सयुक्त क्याम्पसका सभापति झपिन्द्र खत्री भिड्ने भएका छन् । खत्रीको प्रतिस्पर्धा दिनेश आचार्यसंग हुने भएको छ ।
गौतम टिमबाट खुला सचिवमा सुदेश पराजुली, अशेष घिमिरे, भक्तकुमारी लामा, कमल शाही, भीम रावल रहेका छन् भने महिलातर्फबाट सचिवमा आरती लामा जनजातिबाट उम्मेद्धार छन् ।
लामा प्यानलबाट अनुशासन आयोगको संयोजकमा निशा अधिकारी,निर्वाचन आयोगको संयोजकमा तुल्सी मैनाली र लेखा आयोगको संयोजकमा धर्मेन्द्र रोकाय रहेका छन् । भने गौतम प्यानलले आयोगतर्फको उम्मेदवारी अझै तय गर्न सकेको छैन । लामा प्यानलबाट सचिवालय सदस्यमा नारायण घर्ति, आद्रता रेग्मी, सूर्य रोकाया,मर्यादा विष्ट लगायत एक दर्जन रहेका छन् ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!