बेगनासतालमा विदेशी महिलाको शव

पोखरा,  कास्कीको लेखनाथ नगरपालिकको बेगनासतालमा एक विदेशी महिलाको शव फेला परेको छ ।  आज तालमा अपरिचित विदेशी महिलाको शव तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ३०÷३१ वर्ष उमेरकी ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
महिलाको साथबाट कुनै प्रकारको कागजात फेला नपरेकोले पहिचान हुन नसकेको बताइएको छ । शरीरमा चोटपटक नदेखिएका कारण ती महिलाको तालमा डबेर मृत्यु भएको अनुमान गरिएको छ ।
शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ । रासस

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!