चीनसँग नेपालले गर्यो अर्काे सम्झौता, भारतको एकाधिकार तोडियो दैनिक नेपाल२०७२ माघ २८ गते १२

Xi-Jinping-and-KP-oli
काठमाडौं, २८ माघ । पाँच महिनादेखि नाकाबन्दी लगाएको भारतको घमण्ड तोड्दै नेपालले चीनसँग अर्काे सम्झौता गरेको छ ।
नाकाबन्दीका बेला इन्धन र व्यापार लगायत ८ बुँदे सम्झौता गरेको नेपालले यसपटक भारतको एकाधिकार रहेको इन्टरनेट क्षेत्रमा पनि चीनसँग सम्झौता गरेको हो ।
जसअनुसार इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दो तथा सस्तो बनाउन मुलुुककै ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मित्रराष्ट्र चीनबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याउन गरिरहेको तयारी अन्तिम चरणमा पुगेको छ ।
हाल भारततर्फबाट मात्र जोड्ने गरी अप्टिकल फाइबर सञ्चालनमा रहेकोमा अबको करिब १ महिनासम्ममा चीनतर्फबाट पनि ब्यान्डविथ भित्रिने भएको हो । यससँगै टेलिकम उत्तरतिरबाट ब्यान्डविथ भित्र्याउने नेपालका लागि पहिलो सेवाप्रदायक बन्नेछ ।
टेलिकमले चीनतर्फबाट ब्यान्डविथ भित्र्याउन अप्टिकल फाइबर जडानको कार्य सम्पन्न गरिसकेको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!