‘सुशील दा’ ले २५ मिनेट फुटबल मैदानमा विताउँदाको त्यो दिन -
काठमाडौं, माघ २७ । नयाँ पत्रिकाले भूकम्पपीडितको सहयोगार्थ आयोजना गरेको शीर्ष नेता भर्सेस कलाकारको फुटबलको प्रमुख आकर्षण थिए, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला ।
नेताको टोलीको कप्तानी गरेका कोइराला ११ नम्बरको जर्सीमा मैदानमा उत्रिएका थिए । सबैभन्दा वृद्ध खेलाडी भएकाले उनलाई युवा नेताहरूले केही समयपछि आग्रह गरे,
‘प्रधानमन्त्रीज्यू, रिप्लेस गरौँ, तपाईं थाक्नुहुन्छ ।’
‘प्रधानमन्त्रीज्यू, रिप्लेस गरौँ, तपाईं थाक्नुहुन्छ ।’
सायद यो आग्रहले कोइरालालाई छोएन, उनी मैदानबाट बाहिरिन चाहेनन् । कोच, अन्य खेलाडीको अनुरोधलाई उनले जवाफ दिए, ‘अब एकैछिन ।’ मैदानमा जगिङ गर्दै प्रवेश गरेका कोइराला लगातार २५ मिनेट मैदानमा टिकिरहे । त्यसबीचमा उनले हेड गर्ने प्रयास गरे, ड्रिब्लिङ प्रयास गरे र पास पनि दिए ।
कोइरालाले खेल अवधिमा १० पटक ‘पावरफुल सट’ हान्ने प्रयास पनि गरे । टसपछि कोइरालाले बल पास गरे । तर, धेरै टाढा पुगेन । पुनः प्रहार गर्न बलतर्फ बढ्दै गर्दा विपक्षी कलाकारको टोलीले बल नियन्त्रणमा लियो । तैपनि कोइराला पछाडि फर्केनन्, बलतिरै दौडिइरहे । कलाकार खेलाडीले ‘मिस पास’ गर्दा कोइराला किक हान्न पनि सफल भए ।
खेल सुरु भएको १० मिनेटपछि कोइरालासँगै मैदान प्रवेश गरेका अन्य नेता मैदानबाट बाहिरिए । दर्शकको अनुमान थियो– कोइराला पनि अब बाहिरिन्छन् ।
उल्टो कोइराला स्ट्राकरको भूमिकामा देखिए । लगत्तै मैदानको केन्द्रबाट नजिक पुगेको बललाई कोइरालाले अघि बढेर बल नियन्त्रणमा लिँदै विपक्षीको गोलपोस्टतर्फ अघि बढाउने प्रयास पनि गरे ।
उल्टो कोइराला स्ट्राकरको भूमिकामा देखिए । लगत्तै मैदानको केन्द्रबाट नजिक पुगेको बललाई कोइरालाले अघि बढेर बल नियन्त्रणमा लिँदै विपक्षीको गोलपोस्टतर्फ अघि बढाउने प्रयास पनि गरे ।
कोइराला थाकेको हुनसक्ने भन्दै दोस्रोपटक रिप्लेस गर्न अघि सरेका एमाले सचिव योगेश भट्टराई पनि निराश भएर फर्किन बाध्य भए । केही बेरपछि बल ‘डी’ एरिया आसपास आयो ।
कोइराला अघि बढे, तर बल नियन्त्रणमा लिन सकेनन् । कोच हरि खड्काले कोइराला थाकेको भन्दै रिप्लेसका लागि एमाले सचिव योगेश भट्टराईलाई फेरि मैदानमा पठाए, त्यसपछि मात्र कोइराला मैदानबाट बाहिरिए । मैदानबाहिर आउँदा कोइरालाको अनुहारमा चमक देखिन्थ्यो– अझै खेल्न तयार भएजस्तै । नयाँ पत्रिका दैनिकबाट
Comments
Post a Comment