प्रदेश नम्बर ५ को राजधानी दाङलाई बनाइने – निशानदाजु भट्टराई दाङ, ७ वैशाख । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको संघीयतासम्बन्धि एउटा महत्वपूर्ण प्रस्तावलाई स्वीकार्न साझेदार दल एमाओवादी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा चर्काे दबाब परेको छ । आइतबारमात्रै एमालेले केन्द्रीय स्तरबाटै संघीय नेपालका ७ प्रदेशहरुको उपयुक्त ठाउँलाई राजधानीमा प्रस्ताव गरेको थियो । जसमा प्रदेश नम्बर पाँचको राजधानी दाङलाई बनाउने प्रस्ताव छ । यो प्रस्तावलाई स्वीकार गर्न प्रदेश पाँचबाट कांग्रेस, एमाओवादीसहितका दलहरुलाई दबाब परेको हो । केन्द्रिय राजधानीका रुपमा चर्चित दाङलाई प्रादेशिक राजधानी बनाउने भनेर एमालेको पछिल्लोपटक गरेको निर्णयपछि जिल्लास्तरमा कांग्रेस र एमाओवादीका पार्टी नेता, कार्यकर्ताहरुले आफ्नो केन्द्रीय नेतृत्वलाई राजधानी बनाउन आग्रह गर्नुका साथै दबाब दिइरहेका छन् । एमाले दाङलाई राजधानी बनाउन चाहन्न भनेर प्रचार भइरहेको बेला भर्खरै एमालेको पावरफुल सल्लाहकार परिषद्ले पार्टीको केन्द्रिय कमिटीमा दाङलाई प्रादेशिक राजधानीका रुपमा प्रस्ताव गर्दै आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेप...