एमालेको एउटा महत्वपूर्ण प्रस्तावले कांग्रेस र एमाओवादीलाई चर्को दबाब

प्रदेश नम्बर ५ को राजधानी दाङलाई बनाइने

Deuba-Oli-Prachanda
– निशानदाजु भट्टराई
दाङ, ७ वैशाख । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको संघीयतासम्बन्धि एउटा महत्वपूर्ण प्रस्तावलाई स्वीकार्न साझेदार दल एमाओवादी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा चर्काे दबाब परेको छ ।
आइतबारमात्रै एमालेले केन्द्रीय स्तरबाटै संघीय नेपालका ७ प्रदेशहरुको उपयुक्त ठाउँलाई राजधानीमा प्रस्ताव गरेको थियो । जसमा प्रदेश नम्बर पाँचको राजधानी दाङलाई बनाउने प्रस्ताव छ ।
यो प्रस्तावलाई स्वीकार गर्न प्रदेश पाँचबाट कांग्रेस, एमाओवादीसहितका दलहरुलाई दबाब परेको हो ।
केन्द्रिय राजधानीका रुपमा चर्चित दाङलाई प्रादेशिक राजधानी बनाउने भनेर एमालेको पछिल्लोपटक गरेको निर्णयपछि जिल्लास्तरमा कांग्रेस र एमाओवादीका पार्टी नेता, कार्यकर्ताहरुले आफ्नो केन्द्रीय नेतृत्वलाई राजधानी बनाउन आग्रह गर्नुका साथै दबाब दिइरहेका छन् ।
एमाले दाङलाई राजधानी बनाउन चाहन्न भनेर प्रचार भइरहेको बेला भर्खरै एमालेको पावरफुल सल्लाहकार परिषद्ले पार्टीको केन्द्रिय कमिटीमा दाङलाई प्रादेशिक राजधानीका रुपमा प्रस्ताव गर्दै आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेपछि त्यो प्रचार गलत र भ्रमपुर्ण सावित भएको छ ।
एमालेका केन्द्रिय नेताहरुले केन्द्रियस्तर तहबाटै औपचारिक रुपमै प्रादेशिक राजधानी बनाउन नेतृत्व गरेपछि कांग्र्रेस र एमाओवादीका नेताहरुलाई चर्को दबाब परेको छ । जिल्लास्तरमा प्रदेशको राजधानीका विषयमा एमालेको एकखालको निर्णय कुरेर बसिरहेका कांग्रेस र एमाओवादीलाई पनि प्रदेश नम्बर ५ को बीच सेन्टर र सबै हिसावले राजधानी बनाउन उपयुक्त रहेको दाङलाई प्रादेशिक राजधानीका लागि लविङ गर्न दबाब परेको हो ।
यसअगाडि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेले दाङ केन्द्रिय राजधानी बन्न सक्ने आधार प्रस्तुत गर्दै यसका लागि निरन्तर पहल गर्दै आउनु भएको थियो । किसान पार्टिले केन्द्रिय राजधानीको रुपमा चर्चा गरेको दाङलाई प्रादेशिक राजधानी बनाउन जिल्लास्तरबाट निकै सघर्ष हुँदै आएको छ ।
यद्यपि, एमाले, मजदुर किसान पार्टिहरु खुलेरै प्रदेश नम्बर ५ को विच भागमा पर्ने जिल्लालाई राजधानी बनाउन खुलेरै लागिरहेको समयमा दाङमा प्रत्यक्ष निर्वाचनमा पाँचवटै सिट जितेको कांग्रेसलाई प्रादेशिक राजधानीका लागि प्रभावकारीरुपमा आफ्नो भुमिका देखाउन सकेको छैन् ।
यसअघि महाधिवेसन लक्षित कार्यक्रमलाई प्रदेशस्तरीय कार्यकर्ता भेलाको नाम दिएर कांग्रेसले औपचारीक कार्यक्रम गरेको थियो । त्यो वाहेक कांग्रेसले आफ्नो जितलाई कायम राख्नेगरी प्रादेशीक राजधानीको विषयलाई चर्कोरुपमा उठाउन सकेको पाईएको छैन् । दाङ आएको समयमा पाचवटै क्षेत्रवाट निर्वाचित काग्रेसका सांसदहरुले जिल्लास्तरमा हुने कार्यक्रममा दाङलाई प्रादेशिक राजधानी बनाउनुपर्ने विषयमा आफ्नो अभिब्यक्ति दिने गरेपनि केन्द्रिस्तरमा उहाँहरुले निर्वाह गर्नु भएको भुमिका देखिने गरी वाहिर सार्वजनिक भएको छैन् ।
दाङवाट प्रत्यक्ष र समानुपातिक गरी १६ बढी सासंदहरुले प्रतिनिधित्व गर्दै आउनु भएको छ । त्यस्तै एकिकृत नेकपा माओवादि प्रदेश नम्बर ५ ले प्रदेशको कार्यालय दाङमै राखेर प्रादेशिक राजधानीका लागि आफ्नो लविङको शुरुवात गरेको थियो । एमाओवादीले प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणदेखि लिएर प्रदेश नम्बर ५ को प्रदेश कार्यालय दाङमा राखेपछि यस क्षेत्रमा राजधानिको माहोल एकाएक बढेको छ ।
जनयुद्धको समयमा एमाओवादिले दाङलाई मुख्य केन्द्रविन्दुका साथै राजधानिकारुपमा आफ्ना गतिविधिहरु बढाउदै आएको थियो । एमालेले पछिल्लोपटक दाङलाई प्रादेशीक राजधानी बनाउने भनि केन्द्रियस्तरमै प्रस्ताव ल्याएझै कांग्रेस र एमाओवादिले भने केन्द्रियस्तरवाटै पहल थाल्न सकेका छैनन् ।
यद्यपि प्रदेशकै अवधारणा वमोजिम विभिन्न पार्टिका भेला, प्रशिक्षण, गोष्ठि लगाएतका कार्यक्रमहरु सञ्चालन भइरहेपनि सरकारले आफै पनि दाङलाई केन्द्रविन्दुमा पारेर विभिन्न प्रदेशस्तरीय ठुला ठुला गोष्ठि सम्पन्न गरीसकेको छ ।
केहि समय अगाडि राष्ट्रिय योजना आयोगले पनि प्रदेशको अवधारणालाई स्वागत गर्दै दाङमै प्रदेशस्तरीय योजना तर्जुमा सम्बन्धि अन्र्तक्रीया कार्यक्रम गरेको थियो । यसले पनि जिल्लालाई प्रदेशको राजधानिकारुपमा स्थापित गर्न सहज हुदै आएको छ ।
यसप्रकारका कार्यक्रमलाई पार्टिका र विभिन्न सरोकारवालाहरुले तिव्रता दिएमा प्रादेशीक राजधानिको अभियानलाई तिव्र पारेर लैजान महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिईएको छ । एमालेका नेता केशव वरालको नेतृत्वमा रहेको सल्लाहकार परीषद्ले प्रदेश नम्बर ५ को राजधानी दाङ र अन्य प्रदेशहरुकोपनि राजधानि टुङ्गो लगाएर अनुमोदनका लागि केन्द्रिय कमिटिमा प्रस्ताव गरेको हो ।
एमालेले नेता बराललाई प्रदेशको राजधानी सिफारीस गर्न जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी वमोजिम बरालले भौगोलिक र बैज्ञानिक आधारमा प्रदेश नम्बर ५ को प्रादेशीक राजधानि दाङसहित अन्य प्रदेशहरुको राजधानीपनि प्रस्ताव गर्नु भएको हो ।
जसअनुसार प्रदेश नम्बर १ को राजधानीमा विराटनगर, २ को जनकपुरको ढल्केवर, ३ को भक्तपुर, ४ को कास्कि पोखरा, ६ को सुर्खेत र ७ को अत्तरीयालाई सिफारीस गरीएको छ ।
आर्थिक, सामाजिक, सुरक्षा, भौतिक पुर्वाधार, प्रशस्त जमिन, हावापानि, खानेपानि , भौगोलिक बनावट र बैज्ञानिक आधारमा सल्लाहकार परीषद्ले ति स्थानहरुलाई प्रदेशको राजधानीका रुपमा छनोट गरेको हो ।
एमाले सल्लाहकार परिषदद्वारा प्रस्तावित राजधानीः
प्रदेश नं १ को विराटनगर
प्रदेश न २ को जनकपुरको ढल्केवर
प्रदेश नम्बर ३ को भक्तपुर
प्रदेश न ४ को कास्कि पोखरा
प्रदेश न ५ को दाङ
प्रदेश नम्बर ६ को सुर्खेत
प्रदेश नम्बर ७ को अत्तरीया

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!