Posts

Showing posts from April, 2015

आमाहरुले बच्चा जन्मेको एक घन्टाभित्र दूध खुवाउँछन्

Image
११ वैशाख, बच्चा जन्मेको एक घन्टाभित्र दूध चुसाउने आमाहरुको सङ्ख्या  ५८ प्रतिशत रहेको छ भने बाँकी आमाहरुले बच्चा जन्मेको एक घन्टापछि बच्चालाई दूध चुसाउने गर्दएछन् । आमाको बिगौती दूधमा बच्चालाई रोगसँग लड्ने शक्तिवद्र्धक पौष्टिक तत्व हुने र यसले बच्चाको शारीरिक तथा मानसिक वृद्धि र विकासमा ठूलो सहयोग पुग्ने छ । बच्चाका लागि आमाको दूध अमृतसरह हुने भएकाले बच्चा जन्मेको छ महिनासम्म आमाको दूध प्रशस्त मात्रामा खुवाउनुपर्ने विज्ञहरुको सुझाव छ । छ महिनासम्म बच्चालाई प्रशस्त मात्रामा आमाको दूध खुवाउन सके बच्चाले दूधबाट सबै प्रकारका पोषण प्राप्त हुने गर्दछ । आमाको दूध खाने बच्चा अन्य बच्चाभन्दा फुर्तिलो हुने सुआहारा कार्यक्रमले जनाएको छ । सुआहारा कार्यक्रमले गरेको सर्वेक्षणका अनुसार छ महिनापछिका ५२ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ र १६ प्रतिशतले आइरन पशु तथा वनस्पतिजन्य पदार्थ सेवन गरेका छन् । सुआहाराका कृष्णवन्दु अधिकारीका अनुसार छ महिनादेखि २३ महिनासम्मका बालबालिकामध्ये ७१ प्रतिशतको न्यूनतम् खानामा विविधता, ८० प्रतिशतले न्यूनतम् खानामा पटक र ५९ प्रतिशतले न्यूनतम् स्वीकार्य खानामा पहुँच रहेको छ...

भारतलाई १-० ले हराउँदै नेपाल यू-१४ गर्ल्स च्याम्पियनसीप फाइनलमा

Image
काठमाडौ, वैशाख ११ - भारतलाई पराजित गर्दै साविक विजेता नेपाल एएफसी   यू-१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोल अन्तरले    पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुमै  नेपालको तर्फबाट  निर्मला उपाध्यायले गोल गरेकी थिइन् ।

सभाध्यक्षले दिए यस्तो चेतावनी

Image
काठमाडौं, वैशाख १० । दलहरुलाई सहमतिका लागि सात दिनको समय दिँदै संविधानसभाको बैठक विहीबार पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । विहीबार दिउँसो बसेको संविधानसभाको बैठकले सहमतिका लागि अर्को अवधि दिँदै वैशाख १७ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले दलहरुलाई पटक–पटक गरेर आवश्यकभन्दा बढी समय दिँदासमेत सहमति नगरेको भन्दै वैशाख १७ गतेसम्म पनि सहमति नभए प्रक्रिया अघि बढाउने चेतावनी दिए । उनले वैशाख १७ गते ३ बजे बस्ने बैठकमा प्रश्नावली प्रस्ताव समितिको प्रतिवेदन प्रस्तुत गर्ने घोषणा पनि गरे । बैठकमा संविधानसभाका विभिन्न समितिहरुका केही सदस्यहरु हेरफेर गरिएको जानकारी पनि गराइएको थियो । -

आज लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

Image
आज वैशाख ११ गते नेपालमा लोकतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । आजभन्दा ठीक नौ वर्षअघि नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।२०६२ साल चैत २४ गतेदेखि सुरु भएको दोस्रो जनआन्दोलन १९ दिनपछि २०६३ बैशाख ११ गते उत्कर्षमा पुगेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता जनताका हातमा सुम्पिएका थिए । त्यसकै स्मरणमा प्रत्येक वर्ष बैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । लोकतन्त्र स्थापनापछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्यो, धमनिरपेक्ष, समावेशी देश बन्यो । तर, ति सबै कागजमै मात्र सीमीत बन्न पुगे । नेपालका राजनीतिक दलहरुले संविधानसभाको गठन त गरे तर, त्यहाँबाट चार वर्षसम्म पनि संविधान बन्न सकेन, अन्ततः संविधान निर्माण नै नगरी संविधानसभा विघटन भयो । फेरि अर्को संविधानसभा निर्वाचन मार्फत संविधानसभाको गठन त भयो तर एक वर्ष भन्दा लामो समय वितिसक्दा पनि दलहरुले संविधान जारी गर्नुको सट्टा सहमतिका नाममा विवाद लम्ब्याइरहँदा संविधान निर्माणको गति नै अवरुद्ध बनेको छ । लोकतन्त्र स्थापना भएको यतिका वर्ष वितिसक्दा पनि त्यसको मर्मलाई आत्मसाथ गर्दै प्राप्त उपलब्धीहरुला...

दौघाका तस्विर

Image
लुकेको स्वर्ग गुल्मीका ८९ गाविसा हरु मध्य १ गाविस हो दौघा गाविस का केहि बिसेस प्रोग्रामका तस्विर हरु  ...