आज लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदै



आज वैशाख ११ गते नेपालमा लोकतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । आजभन्दा ठीक नौ वर्षअघि नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।२०६२ साल चैत २४ गतेदेखि सुरु भएको दोस्रो जनआन्दोलन १९ दिनपछि २०६३ बैशाख ११ गते उत्कर्षमा पुगेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता जनताका हातमा सुम्पिएका थिए । त्यसकै स्मरणमा प्रत्येक वर्ष बैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । लोकतन्त्र स्थापनापछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्यो, धमनिरपेक्ष, समावेशी देश बन्यो । तर, ति सबै कागजमै मात्र सीमीत बन्न पुगे । नेपालका राजनीतिक दलहरुले संविधानसभाको गठन त गरे तर, त्यहाँबाट चार वर्षसम्म पनि संविधान बन्न सकेन, अन्ततः संविधान निर्माण नै नगरी संविधानसभा विघटन भयो । फेरि अर्को संविधानसभा निर्वाचन मार्फत संविधानसभाको गठन त भयो तर एक वर्ष भन्दा लामो समय वितिसक्दा पनि दलहरुले संविधान जारी गर्नुको सट्टा सहमतिका नाममा विवाद लम्ब्याइरहँदा संविधान निर्माणको गति नै अवरुद्ध बनेको छ । लोकतन्त्र स्थापना भएको यतिका वर्ष वितिसक्दा पनि त्यसको मर्मलाई आत्मसाथ गर्दै प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न नसक्दा लोकतन्त्र कागजमा मात्र सीमित भएको धेरैको गुनासो छ । लोकतन्त्र दिवसको अवसरमा प्रत्येक वर्ष जस्तै सरकारले आज पनि सार्वजनिक विदा दिएको छ ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!