आमाहरुले बच्चा जन्मेको एक घन्टाभित्र दूध खुवाउँछन्

११ वैशाख, बच्चा जन्मेको एक घन्टाभित्र दूध चुसाउने आमाहरुको सङ्ख्या  ५८ प्रतिशत रहेको छ भने बाँकी आमाहरुले बच्चा जन्मेको एक घन्टापछि बच्चालाई दूध चुसाउने गर्दएछन् । आमाको बिगौती दूधमा बच्चालाई रोगसँग लड्ने शक्तिवद्र्धक पौष्टिक तत्व हुने र यसले बच्चाको शारीरिक तथा मानसिक वृद्धि र विकासमा ठूलो सहयोग पुग्ने छ । बच्चाका लागि आमाको दूध अमृतसरह हुने भएकाले बच्चा जन्मेको छ महिनासम्म आमाको दूध प्रशस्त मात्रामा खुवाउनुपर्ने विज्ञहरुको सुझाव छ । छ महिनासम्म बच्चालाई प्रशस्त मात्रामा आमाको दूध खुवाउन सके बच्चाले दूधबाट सबै प्रकारका पोषण प्राप्त हुने गर्दछ । आमाको दूध खाने बच्चा अन्य बच्चाभन्दा फुर्तिलो हुने सुआहारा कार्यक्रमले जनाएको छ । सुआहारा कार्यक्रमले गरेको सर्वेक्षणका अनुसार छ महिनापछिका ५२ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ र १६ प्रतिशतले आइरन पशु तथा वनस्पतिजन्य पदार्थ सेवन गरेका छन् । सुआहाराका कृष्णवन्दु अधिकारीका अनुसार छ महिनादेखि २३ महिनासम्मका बालबालिकामध्ये ७१ प्रतिशतको न्यूनतम् खानामा विविधता, ८० प्रतिशतले न्यूनतम् खानामा पटक र ५९ प्रतिशतले न्यूनतम् स्वीकार्य खानामा पहुँच रहेको छ । साठी प्रतिशत बालबालिकाको दिसा सही रुपले विसर्जन गरेको पाइएको छ भने ४० प्रतिशत बालबालिकाको दिसा सहीरुपले विसर्जन नभएको सो तथ्याङ्कले जनाएको छ । बालबालिकाको दिसा सही रुपले व्यवस्थापन गर्न नसकेको अवस्थामा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने अधिकारीले बताउनुभयो । सुआहाराको सर्वेक्षणका अनुसार १५ प्रतिशत झाडापखाला लाग्ने र १६ प्रतिशतमा श्वासप्रश्वास समस्या भएको देखिन्छ । सर्वेले जिल्लामा ९३ प्रतिशत घरमा शौचालय, सुधारिएको मुहानको खानेपानीको उपयोग गर्ने ९० प्रतिशत र ६५ प्रतिशतले हात साबुनपानीले धुने उपलब्धता रहेको देखाएको छ । 

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!