भारतलाई १-० ले हराउँदै नेपाल यू-१४ गर्ल्स च्याम्पियनसीप फाइनलमा


काठमाडौ, वैशाख ११ -
भारतलाई पराजित गर्दै साविक विजेता नेपाल एएफसी यू-१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोल अन्तरले  पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुमै  नेपालको तर्फबाट निर्मला उपाध्यायले गोल गरेकी थिइन् ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!