Posts

Showing posts from March, 2016

कुन रोगकालागी लसुन हानिकारक ? लसुनको फाईदा अनि बेफाइदा !

Image
लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ । लसुनले सवै मानिसलाई राम्रो गर्छ भन्ने छैन लसुन को प्रयोग गर्दा आप्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुर छ । कलेजोको समस्या भएको व्यक्ति स् ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्।हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रा लाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्। सर्जरी गर्न लागेको व्यक्ति : कुनै पनि किसिमको ...

दृश्टी बिहिनले गाऐको गित हेर्न नभुल्नु होला

Image
दृश्टी बिहिनले गाऐको गित हेर्न नभुल्नु होला

दुर्गम गाउँमा स्कुल पुनर्निर्माणका लागि ह्यारीले दिनभर डोकोमा ढुंगा बोके

Image
लम्ब्याएर स्कुल पुनर्निर्माणका लागि उत्तरी गोरखाको लापुबेसी पुगेका बेलायती राजकुमार ह्यारीले शुक्रवार दिनभर डोकोमा ढुंगा बोकेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।  काठमाडौंबाट एकाएक हराएका राजकुमार ह्यारी बिहीवार गथोरखाको आरुघाटमा मोटर छाडेर साढे तीन घण्टा पैदल दूरी तय गर्दै लापुबेसी पुगेका हुन्।  राजकुमार ह्यारी लापुबेसीस्थिति प्रभातकिरण माध्यामिक विद्यालय निर्माणमा १६ जना ब्रिटिस आर्मीसँगै श्रमदानमा जुटेका छन्। उनको टोलीमा ३ जना नेपाली र उनीसहति १४ जनाको ब्रिटिस आर्मी छन्।  मिडियाको पहुँचभन्दा टाढा रहेर ६ दिनसम्म श्रमदान गर्न लापुबेसी आइपुगेका उनी स्थानीय लापु गेस्टहाउसमा बसेका छन्। बिहीवार राति त्यही बसेका उनी शुक्रवार पनि सोही गेस्टहाउसमा बसेका थिए।  प्रकाशित मिति: शनिबार, चैत्र १३, २०७२ ०६:३१:५७ लापुबेँसी (गोरखा), १३ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार ह्यारी भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा आज पनि सक्रियतापूर्वक जुट्नुभयो । भूकम्पबाट ध्वस्त भएको गोरखाको लापुबेंशीस्थित प्रभात किरण माध्यामिक विद्यालयको भवन पुनःनिर्म...

प्रधानमन्त्री केपी ओलीलाई चीनबाट आकर्षक प्रस्ताव आएको छ ।

Image
प्रधानमन्त्री नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी लि खछ्याङले विशेष विमान नै काठमाडौं पठाउने भएका छन् । चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै खबर पठाएका छन् – कत्रो विमान पठाउँ ?’ प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि चीनको पाँचदिने औपचारिक भ्रमण गर्दै छन् । स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी आएको छ । खासगरी प्रधानमन्त्रीको भ्रमण टोली तय नहुँदा कत्रो विमान पठाउने भन्नेमा चीन सरकार अन्योलमा छ । चीनले विमानको विषय टुंग्याउन ताकेता गरिरहेको स्रोतले जनायो ।

विश्वव्यापी नाकाबन्दी खेपिरहेको उत्तर कोरियाको पक्षमा चीन उभिएको छ ।

Image
उत्तरकोरियाविरुद्ध विश्वव्यापी नाकाबन्दी लगाइएको छ भने अब दक्षिण कोरियाले पनि पुरै नाकाबन्दी गर्ने तयारी गरेको छ । दक्षिणले नाकाबन्दी लगाउने भनेपछि चीनले आपत्ति जनाएको छ । उसले उत्तरकोरियामा नाकाबन्दी लगाउँदा आफ्नो देशलाई पनि अप्ठ्यारो पर्ने भन्दै आवाज उठाएको छ । एकपक्षीय नाकाबन्दीको चीनले विरोध गरेको हो । उसले उत्तरकोरियाविरुद्ध एकपक्षीय नाकाबन्दी लगाउँदा समस्याको समाधान गर्न नसक्ने बताएको हो । दक्षिण कोरियाले उत्तरकोरियालाई एकपक्षीय नाकाबन्दी लगाउने तयारी गरिरहँदा चीनले त्यसको खण्डन गर्दै दक्षिण कोरियाले उत्तरकोरिया विरुद्ध लगाउने एकपक्षीय नाकाबन्दीले चीनको हितमा क्षति ल्याउने सम्भावना रहेको भन्दै चर्को विरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ परराष्ट्र मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता होङ लैले उत्तर कोरियाको सुरक्षा परिस्थिति जटिल भएको र समस्यासित सम्बन्धित पक्षले शान्तिपूर्ण उपायद्धारा समस्या समाधान खोज्नुपर्ने कुरामा जोड दिएका छन् ।

मेरी श्रीमती: अचेल जिस्केर मैले उनको खुट्टा ढोग्छु

Image
रामकृष्ण ढकाल, गायक २३ फागुन, काठमाडौं । ‘हजुर, म फलानो । मैले हजुरको छोरीलाई मन पराउँछु, बिहे गर्न चाहन्छु,’ मैले उनको बुवालाई फोन गरेर भनेँ । उनीसँग सल्लाह गरेरै उनको बुवालाई फोन गरेको थिएँ । सुरुमा त बुवा अलमलमा पर्नुभयो । नेपाली संस्कारअनुसार हाम्रो जात मिल्दैनथ्यो- उनी नीलम शाह ठकुरी र म क्षेत्री-बाहुन । उनको परिवारको चाहना पनि जात मिल्नेसँग नै बिहे गरिदिने रहेछ । त्यसमाथि हाम्रो समाजमा छोरी दिन केटाको पेसा-व्यवसाय हेरिन्छ । भरपर्दो, राम्रो जागिर भएको केटा खोजिन्छ । म कलाकार, कमाइको कुनै ग्यारेन्टी हुँदैन, भोलि के हुन्छ, त्यसले गर्दा पनि मलाई उनको परिवारले छोरी दिन सोच्नैपर्ने थियो । फेरि उनको ठूलो खान्दान रहेछ, सबैसँग सरसल्लाह गर्नुपर्ने । मैले ठूलो हिम्मत गरेर फोन गरेको थिएँ । त्यसपछि मेरा आफन्त-अग्रजहरू, साथीहरूले औपचारिक कुरा अघि बढाउनुभयो । दरबारमार्गमा कलाकार निर्मल शर्माको रेस्टुरेन्ट थियो, त्यहाँ हामी कलाकारहरू बेला-बेला भेटघाट गरिरहन्थ्यौँ । त्यहीँ उनको परिवारलाई भेटेर कुरा छिनियो भनौँ । मेरोतर्फबाट आफन्तलगायत अग्रज दाइहरू हुनुहुन्थ्यो- न्ह्यु बज्राचार्य, भुषण...

गुल्मिमा यस्ताे बिवाह जाे हेरेर सिंगाे गाउलेकाे चल्याे रूवाबासी -

Image
गुल्मी ।   ‘लौ नानी अहिलेसम्म बुहारी बनाएर पालेँ, अब छोरीको रुपमा कन्यादान दिँदैछु’ तम्घास ३ कि ६२ वर्षीया लक्ष्मी नेपाललीले विधवा बुहारीलाई कन्यादान दिँदै भनिन् ‘ अव माइतीको रुपमा मेरो घरमा आए, म छोरीको रुपमा सँधै स्वागत गर्नेछु ।’ लक्ष्मीले आफ्नी बुहारीलाई छोरीको रुपमा कन्यादान दिँदा विवाहमा भेला भएका जन्ती र आफन्तजन सबैले आँसु बगाए थिए । विवाहमा सबै छोरीको जन्मिएको घरमा आमा बुबा र माइतीले कन्यादान दिन्छन् तर, गुल्मीमा सासु ससुराले आफ्नी बुहारीलाई कन्यादान दिँदै गर्दाको दृष्य हो यो आफ्नो जेठो छोराको मृत्युभएपछि सदरमुकाम तम्घास ३ बाघमारे निबासी सासु लक्ष्मी र ससुरा इस्वरी नेपालीले २४ वर्षीय उषा नेपालीको विवाह धुर्कोट रजस्थल १ निवासी सूर्य बहादुर नेपालीका छोरा २८ वर्षीय आशिष कुमार नेपालीसंग गरीदिएका हुन् । सासुआमाले आशिाषलाई ज्वाईँको रुपमा खुट्टाको जल खाएर हिन्दु धर्म अनुसार विवाह गरिदिएका थिए । यसअघि उषाको २०६३ साल असारमा तम्घास ३ का प्रदिप नेपालीसंग विवाह भएको थियो । विवाह भएको २ वर्षपछि प्रदिपको तम्घासमा रहस्यमय रुपमा मृत्यु भएकाले श्रीमानको मृत्यु नभई हत्या भएको भन्द...

गगन थापाले राजनीतिक रुपमा अात्महत्या गर्नुभाे

Image
काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मतदान चलिरहेका बेला गगन थापामाथि गम्भीर आरोप लागेको छ । वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार रहेका नेता अर्जुननरसिह केसीले आफ्नो एक अन्तर्वार्ताका क्रममा कृष्ण सिटौला प्यानलबाट महामन्त्रीका उम्मेदवार गगनलाई गम्भीर आरोप लगाएका हुन् । उनले गगनलाई राजनीतिक रुपमा आत्महत्या गर्ने निर्णय लिएको आरोप लगाएका हुन् । ‘गगन थापाले राजनीतिक रुपमा आत्महत्या गर्नुभो,’ गगनका ससुरासमेत रहेका केसीले भने । गगन थापा हार्ने निश्चित छ भन्दै उनले हारमा कुनै फरक नपर्ने बताए । केसीले भने- ‘म स्टेप बाई स्टेप आएको मान्छे । उहाँ हिजो आउनुभएको युवा त्यसकारण जित्ने अवस्था देख्दिन् ।’ उनले पार्टीमा रहेको भागवण्डा समाप्त पार्न र पार्टीलाई एक बनाउन देउवा प्यानलमा गएको बताए । हेर्नुस् भिडियोः गगन थापाले राजनीतिक रुपमा अात्महत्या गर्नुभाे - ससुरा अर्जुननरसिंह केसी

कांग्रेस सभापतिबारे ज्योतिषले गरे नयाँ भविष्यवाणी, कसले जित्ला?

Image
काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भर्खरै मतदान प्रक्रिया सुरु भएको छ । मतदान प्रक्रिया सुरु भएसँगै सभापतिमा को जित्ने र को हार्ने भनेर नेता कार्यकर्ता तथा जनताले निकै चाँसोका साथ हेरिरहेका छन् । १३ औं महाधिवेशनबाट आगामी पाँच वर्षका चुनिने नयाँ नेतृत्व लिन कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला मैदानमा छन् । ज्योतिष सिटौला पौडेल र सिटौला संस्थापन पक्षबाट उभिदा देउवालाई फाइदा पुगेको र त्यही आधारमा देउवाले जित्ने सम्भावना बोलियो रहेको आकलन नेता, कार्यकर्तादेखि सर्वसाधारसम्मले गरेका छन । यसैक्रममा ज्योतिषहरुले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । चर्चित युवा ज्योतिष सुनील सिटौलाले कांग्रेस सभापति पदमा निर्वाचित हुने नेताबारे भविष्यवाणी गरेका छन् । उनले विदेशीले चाहेको उम्मेदवार नै सभापति हुने योग देखिएको बताए । ‘बिहान ८ः४५ बजेदेखि मतदान सुरु भएको छ रे, चर लग्न केन्द्र खाली भाग्यमा शनि, लाभमा शुक्र चन्द्र, विदेशी शक्तिकेन्द्रले चाहेको उम्मेदवारले चुनाव जित्छ ।’ ज्योतिषले भविष्यवाणी गरेअनुसार ...

श्रीमान र बाबु एउदै पदको लागि उठेपछि छोरीले लेखिन यस्तो स्टाटस

Image
नेपाली राजनीतिमा दुर्लभ नै मानिने चुनावी दौडमा रहेका नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र गगन थापाको महामन्त्री दौडले यतिबेला नेपाली राजनीतिमा ब्यापक बहस र चर्चा जन्माएको छ । कतिपयले ससुरालाई जिताउन गगनले उम्मेदवारी दिएको भनेर आरोप लगाएपनि गगनले यस्तो आरोप खण्डन गर्दै आफू भावि पुस्ताका लागि चुनाव लडेको बताएका छन् ।  अर्जुननरसिंह केसीले पनि आफ्ना ज्वाइँलाई सम्झाउँदै पटक पटक उम्मेदवारी नदिन आग्रह गरेको सार्वजनिक खुलासा यस अघि नै गरेका छन् । एकै परिवारका ज्वाइँ ससुराको यो भिडन्तमा सबैभन्दा धर्म संकटमा परेकी छिन् अर्जुनकी छोरी र गगनकी पत्नि अञ्जना केसी थापा । गगनसँग फिल्मी शैलीमा लभ परेर विवाह गरेकी अञ्जनालाई बाबु र पतिको चुनावी भिडन्तले धर्म संकटमा पारेको छ । यो कुरा उनले फेसबुकबाट खुलासा गरेकी छिन् । अर्जुन र गगन दुवै लोकप्रिय नेता रहेको र नेपालको भविष्यको लागि राजनीतिमा सक्रिय रहेको भन्दै अञ्जनाले आफूले दुवैको पक्षमा प्रार्थना गरिरहेको सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै खुलासा गरेकी छिन् । अञ्जनाले भनेकी छिन्, “तपाइँहरु दुवै जाना आफंनो आस्थाका लागि लडि...

अमेरिकाबाट साथीलाई चिठ्ठी: आईफोनको रुख कतै भेटिएन !

Image
आत्मीय साथी उत्सव, मुटु भरीको सम्झना । कस्तो छ तिमीलाई ? आशा गर्छु ठिकै छौ । अनलाईनमा हेरेँ, धेरै दिनसम्म देख्न सकिनँ, त्यसैले यो पत्र लेख्न तम्सेँ । अमेरिकाको ब्यस्त ज़िन्दगीबाट समय बचाएर तिमीलाई यो चिठ्ठी लेखिरहेको छु, आशा छ सरोकार राख्ने सबैलाई सुनाईदिने छौँ । ए साँच्चै ! आफ्नो जन्मथलो नेपाल छाडेर अमेरिका भासिएको पनि एक वर्ष भईसकेछ हगि ! यो एक वर्षमा तिमीले पठाएका सन्देशहरुको व्यस्तताका बावजुद् समयमा जवाफ फर्काउन नपाए पनि तिमीलाई सधै मिस गरिरहेको छु । अन्यथा नसम्झनु ल । तिमीले पढ्यौ-पढेनौ, सुन्यौ-सुनेनौ ? सपनाको देश अमेरिकाबाट हामीले के सिक्ने र के पछ्याउने ? सरगम भट्टराई सपनाको किनमेल गर्न अमेरिका भासिएपछि सबै सन्दर्भहरु समेटेर यो चिट्ठी लेख्दैछु । केही मेरा र केही मेराजस्तै मनहरुका अनुभवको फ़ेहरिस्त तयार गर्दैछु । मैले भुलेको छैन, मेरो अमेरिकाको भिसा लागेपछि मेरो हातमा भएको मोबाईलको अपेक्षा गर्नेहरुलाई मैले जवाफ दिएको थिएँ, ‘पुगेर काम पाएपछि आईफ़ोन-६ पठाईदिन्छु नि है ! ल्यापटप र क्यामेराहरुको लिष्ट पनि मेसेन्जरमा आईरहेकै छ । तर यहाँ आएपछि यत...

प्रधानमन्त्रीले भने-म हुँ मधेसी

Image
विराटागर-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको गतिबाट पछाडि फर्काउन नमिल्ने बताएका छन् । उनले राजनीतिक क्रान्ति सकिएकाले अब मुलुक आर्थिक विकासको एजेन्डामा तीव्रतासाथ बढ्ने बताए ।  'काम गर्न गठन भएको सरकार हो,' विराटनगरमा शनिबार एमालेले थालेको तराई–मधेस अभियान समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'दाउपेच, व्यक्तिगत वा दलगत स्वार्थ, को सरकारमा छ, को छैन भन्ने कुरा सरकारले हेर्दैन, पूरै ध्यान विकासमा छ, त्यो गरेरै छाड्छु ।' प्रधानमन्त्री ओलीले काठमाडौं र पोखरामा रेल सेवा सुरु हुने, दुई लेनको हुलाकी राजमार्ग निर्माण गर्ने, मध्यपहाडी लोकमार्ग छिट्टै सम्पन्न गर्ने, चतरा–घुर्मी हुँदै मकवानपुरसम्मको अर्को वैकल्पिक राजमार्ग बनाउने र जोगवनी–किमाथान्का सडक निर्माण गर्ने बताए । 'अब नेपाल हिजोको जस्तो रहँदैन,' ओलीले भने, 'सरकार तीव्रताका साथ विकास निर्माणमा लाग्नेछ ।' प्रधानमन्त्री ओलीले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने र दुई वर्षमा नेपाललाई चाहिएजति विद्युत उत्पादन हुने दाबी गरे । 'दुई वर्षपछि जे–जे चलाउन म...

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

Image
Madan (Kumar) Bhandari  (1952- 1993) was a prominent Nepali political leader belonging to the  CPN (UML) , a democratic communist party in Nepal. Bhandari is best known for his unflinching stance on nationalism and his ideological concept of People’s Multiparty Democracy, which advocated that communists can reach socialism or socialist goals through people’s mandate or through elections. After the 1990’s democratic movement in Nepal, Bhandari challenged the incumbent prime minister  Krishna Prasad Bhattarai  in parliamentary elections from a constituency in  Kathmandu  and defeated him with a landslide victory. After his victory,  Newsweek  magazine published an interview of Bhandari with the title “Nepal Where Karl Marx Lives” apparently likening him with  Karl Marx . Early Life & Education Madan Bhandari’s ancestral home in Taplejung, Nepal. Bhandari was born on 27 June 1952 in Dungesangu village of the Taplejung district in...