लम्ब्याएर स्कुल पुनर्निर्माणका लागि उत्तरी गोरखाको लापुबेसी पुगेका बेलायती राजकुमार ह्यारीले शुक्रवार दिनभर डोकोमा ढुंगा बोकेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
काठमाडौंबाट एकाएक हराएका राजकुमार ह्यारी बिहीवार गथोरखाको आरुघाटमा मोटर छाडेर साढे तीन घण्टा पैदल दूरी तय गर्दै लापुबेसी पुगेका हुन्।
राजकुमार ह्यारी लापुबेसीस्थिति प्रभातकिरण माध्यामिक विद्यालय निर्माणमा १६ जना ब्रिटिस आर्मीसँगै श्रमदानमा जुटेका छन्। उनको टोलीमा ३ जना नेपाली र उनीसहति १४ जनाको ब्रिटिस आर्मी छन्।
मिडियाको पहुँचभन्दा टाढा रहेर ६ दिनसम्म श्रमदान गर्न लापुबेसी आइपुगेका उनी स्थानीय लापु गेस्टहाउसमा बसेका छन्। बिहीवार राति त्यही बसेका उनी शुक्रवार पनि सोही गेस्टहाउसमा बसेका थिए।
प्रकाशित मिति: शनिबार, चैत्र १३, २०७२ ०६:३१:५७
लापुबेँसी (गोरखा), १३ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार ह्यारी भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा आज पनि सक्रियतापूर्वक जुट्नुभयो ।
भूकम्पबाट ध्वस्त भएको गोरखाको लापुबेंशीस्थित प्रभात किरण माध्यामिक विद्यालयको भवन पुनःनिर्माणमा राजकुमारसहित केही विदेशी युवा निरन्तर जुटेका हुन् ।
आफ्नो औपचारिक भ्रमण सम्पन्न भएपछि पनि राजकुमार ह्यारी आफ्नो भ्रमण लम्ब्याएर सहयोगीहरुका साथ विद्यालयको पुनःनिर्माणमा सघाउन बिहीबार यहाँ आउनुभएको हो । यहाँ रहँदा उहाँँले डोकोमा ढुङ्गा बोक्नुभयो भने आज नजिकैको जङ्गलबाट काठको टिम्मा बोकेर ल्याउनुभएको थियो ।
ह्यारीसँग मिलेर भवन निर्माणमा जुटेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश गुरुङले विदेशीले यसरी आफ्नो गाउँको विद्यालय भवन बनाउन सुरु गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।
नेपाल भ्रमणमा आउनुभएका राजकुमार ह्यारीले पुनःनिर्माणमा जुटेर दुर्गमका विद्यार्थीको शिक्षामा सहयोग गर्नु उदाहरणीय काम भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । भूकम्पले ध्वस्त बनेको यस विद्यालयको ११ कोठे भवन बनाउन लागिएको छ । रासस
Comments
Post a Comment