उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी
उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी कार्तिक १४, २०७२- संघीय गणतन्त्रात्मक मुलुक नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी । सत्तारुढ गठबन्धनका तर्फबाट एमाओवादीका उम्मेदवार पुनले ३२५ मत पाएका छन् भने कांग्रेसका अमियकुमार यादवले २१२ पाएका छन् । १० मत बदर भएको छ । शनिबार साँझ बसेको बैठकमा सभामुख ओनसरी घर्तिले पुन विजयी भएको घोषणा गरिन् । शनिबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा ५ सय ४७ मत खसेको थियो ।