Posts

Showing posts from May, 2015

ग्यास्ट्रिक के हो ? यसबाट बंच्ने उपाय के होला ?

Image
जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस…तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ। आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो। ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार...

दासढुन्गाको कालो दिन

Image
@TwinMadhu: आज जेष्ठ ३ नेपालका कम्युनिस्टको लागी कालो दिन स्व मदन भण्डारी र स्व जिवराज आश्वित प्रति हार्दिक श्रर्दान्जलि  http://youtu.be/2Ae9bc9Ol_g

यस्तो आसन गरे कपाल झर्न रोकिने

Image
कपाल झरेर हैरान हुनुहुन्छ ? अब चिन्ता लिने हैन योगा गर्न सुरु गर्नुहोस । योगा हाम्रो शरीरको लागि निक्कै नै उपयोगी हुन्छ। तपाईको कपाल झरेको छ भने आजैबाट सर्वाङगासन योगा आसान गर्न शुरु गर्नु पर्ने हुन्छ । हर्मोन आवश्यक्ता भन्दा ज्यादा हुँदा पनि धरैजसो मानिसहरुमा कपाल झर्ने ,कुनै पनि कुरा सम्झने नसक्ने ,अत्याधिक मोटाउने ,दुब्लाउने जस्ता समस्याले सताउँछन् । यो सबैको कारण थाइराइड ग्लैंड बढि हुँदा निम्तेको समस्या हो। सर्वाङगासनले हाम्रो थायोराइड ग्लैंडलाई नियन्त्रणमा राख्छ र टाउकोसम्म राम्रो रक्त संचार हुन्छ। यो सर्वाङगासन अभ्यास नियमित गर्यो भने कपाल झर्न कम हुन्छ नै यसको साथ साथै पाचन प्रणालीको समस्याबाट पनि छुटकारा पाउँन सकिन्छ । नियमित अभ्यासले हाम्रो हर्मोन सहि अवस्थामा आँउछ र सम्झने सक्ने शक्तिपनि बढ्छ । कसरी गर्ने त सर्वाङगासन ? सबैभन्दा पहिले योगा म्याटमा आकाशतिर हरेरे सुत्नुस,अनि दुबै खुट्टा एकसाथ राख्ने अनि दुबै हात कम्मरमा राख्ने । बिस्तारै स्वास लिएर दुबै खुट्टा एकै साथ ३० डिग्री बराबर उठाउँने र केहि सेकेंड यसैगरि बसिराख्ने,अनि बिस्तारै ६० डिग्री हुँदै ९० डिग्रीसम्म खुट्टा...

अब चर्को पैशा तिर्न बन्द हुन्छ केहि प्राविधिक ख़र्च बुझाऐ हुने श्रम मन्त्री

Image
काठमाडौं । सरकारले निशुल्क (फ्रि भिसा) बाहेक अन्य भिसामा आफ्ना नागरिक बैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए । मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन, साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा फ्रि(भिसा बाहेक अन्य कुनै पनि भिसामा कामदार नपठाउने निर्णय भएको छ । अव नेपालीले केही प्राविधिक शुल्क बाहेक रोजगारीमा कत्ति पनि शुल्क बुझाउन पर्दैन । यसअघि कतार लगायत मुलुकले फ्रि भिसा दिएको भए पनि म्यानपावर कम्पनीले भने चर्को शुल्क असुल्दै आएक थिए । यसबारे कतार सरकारले हालै औपचारिक तबरमै पनि आपत्ति जनाएको थियो । मलेसियालगायत श्रम गन्तव्य मुलुकस्थित नेपाली दुतावासले वर्तमान अवस्थामा छ महिनासम्म बैदेशीक रोजगारीमा नागरिक नपठाउन सरकारलाई सुचित गराएको थियो । आजको कान्तिपुरमा समाचार छ ।

यसरी गयो बैशाख १२ गते नेपालमा महा भुकम्प

Image
काठमाडौ, वैशाख २६ - महाभूकम्प र त्यसपछिका पराकम्पन नरोकिएपछि धेरैलाई धेरै जिज्ञासा छन् । अनेकखाले हल्ला र अड्कलबाजी त्यत्तिकै छन् । आखिर के भएर आयो महाभूकम्प ? अब के होला ?  ‘युरेसियन (तिब्बतियन) र इन्डियन प्लेटको कडा घर्षणको परिणाम हो यो’, भूगर्भशास्त्रका सहप्राध्यापक डा. तारानिधि भट्टराईले भने, ‘अहिले इन्डियन प्लेट तिब्बतियन प्लेटमुनि छिरेको छ । तर अघि जान सकेन । दुवै प्लेट आपसमा रगडिए । त्यसले चट्टानमा चाप पर्‍यो । त्यही कारण भूकम्प आयो ।’  पराकम्पन (पटक–पटक आउने साना झड्का) कै कारण नआत्तिन पनि विज्ञहरूले सल्लाह दिएका छन् । ‘ठूलो भूकम्पपछिको कम्पन राम्रो हो,’ भूगर्भविद् डा. कृष्ण देवकोटाले भने, ‘यसले अर्को ठूलो भूकम्प जाने खतरा कम गर्छ ।’ इन्डियन र तिब्बतियन प्लेट मिलेर हिमालयन शृंखला बनेको छ । भूगर्भशास्त्रीका अनुसार यो पूर्वको म्यानमारदेखि पश्चिमको अफगानिस्तानसम्म २४ सय किलोमिटर तल छ । तैपनि यो सबै इलाकामा भूकम्प जाँदैन । आउने ठाउँमा पनि ठूलो भूकम्प सय वर्षको हाराहारीमा मात्र आउने विगतले पुष्टि गर्दै आएको छ ।  भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट र युरेसि...

सलमानलाई जेल जानु नपर्ने, आत्मसर्मपणपछि जमानत

Image
सलमानलाई जेल जानु नपर्ने, आत्मसर्मपणपछि जमानत सन् २००२ देखि चल्दै आएको ‘हिट एण्ड रन केस’को मुद्दाबाट बलिउडका चर्चित नायक सलमान खानले राहत पाउने भएका छन् । वुधबार मुम्बइको सेसन कोर्टले सलमानलाई ५ बर्षको जेल सजायँ सुनाएको थियो । तर, तत्काल सलमानका वकिलले उच्च न्यायलयमा यो फैसला रोक्न र जमानत दिनका लागि अपिल गरेका थिए । जसका कारण सलमानलाई वुधबार जेल जानु परेको थिएन । त्यसको ठिक २ दिनपछि आज सलमान खानको जिवनमा नयाँ मोड आएको छ । बिहान करिब सवा ११ बजेबाट उच्च न्यायलयमा सुरु भएको बहसमा सलमानको पक्षमा फैसला आएको छ । सलमान खानलाई सेसन कोर्टले ५ बर्षका लागि सुनाएको सजायँ तत्काल कार्यन्वयन नगर्न उच्च न्यायलयले फैसला सुनाएको छ । यो फैसलासँगै सलमानको जिवनमा पनि  ठूलो राहत मिलेको छ । सलमान खान आज नै मुम्बइको सेसन कोर्ट पुगेर आत्मसर्मपण गर्नेछन् । यसपछि उनलाई जमानत दिइनेछ । उच्च न्यायलको बहसमा सलमान खान उपस्थित थिएनन् । तर, अब उनी आत्मसर्मपण गर्न र जमानका लागि सेसन कोर्ट जानेछन् । सलमान खानको पक्षमा फैसला आएपछि उनका फ्यानहरु पनि खुशी देखिएका छन् । तर, मुद्दामा बहस चलिरहँदा उनका एक फ्...

नेपालमा भुकम्प कसरी गयो?

Image
काठमाडौ, वैशाख २१ - वैशाख १२ गते शनिबार नेपालमा मध्याह्न हुनु केही अघि पृथ्वीको सतहभन्दा ९ माइल मुनिको चट्टान सर्‍यो र त्यसले एक धक्का दियो ।  काठमाडौं उपत्यकालाई चिरिदिएको यो धक्काको तरंग २० आणविक हतियार फाटेजति नै शक्तिशाली थियो भनी व्याख्या गरिएको छ । भौगर्भिक दृष्टिमा यो धक्का घडी हेरे जसरी सन् १९३४ (विसं १९९०) मा गएको भूकम्पको ठीक ८१ वर्षपछि आएको थियो ।  नेपालको भूकम्प प्रविधि राष्ट्रिय समाजको प्रतिवेदन अनुसार सन् १२५५ को अभिलेख अनुसार हिन्दू–यारलुङ रेखामा पर्ने यो क्षेत्रमा सालाखाला हरेक ७५ वर्षमा ८ रेक्टर स्केलको भूकम्प जाने गरेको देखिन्छ ।  यसरी भूकम्प जानुको कारण हो, नेपालको दक्षिणी सिमानाको सतहमुनि भएर गुज्रने लामो धाँजामा हुने नियमित हलचल, जहाँ ४ देखि ५ करोड वर्षअघि भारतीय उपमहाद्वीपको चट्टान युरोसिया चट्टानसँग जुधेको थियो । 'भूविज्ञानका लागि भारतीय र युरेसिया चट्टान बीचको संघात एक नमुना हो' हङकङ विश्वविद्यालयका भूभौतिकशास्त्री डा. लुङ एस चाङ भन्छन्, 'भारतीय प्लेट भन्ने गरिएको प्लेट एसियाको उत्तरतिर वर्षको २ सेन्टिमिटर अर्थात इन्चका दरले अगाडि बढिरहेक...