अब चर्को पैशा तिर्न बन्द हुन्छ केहि प्राविधिक ख़र्च बुझाऐ हुने श्रम मन्त्री

काठमाडौं । सरकारले निशुल्क (फ्रि भिसा) बाहेक अन्य भिसामा आफ्ना नागरिक बैदेशिक रोजगारीमा नपठाउने भएको छ ।
शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए ।
मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन, साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा फ्रि(भिसा बाहेक अन्य कुनै पनि भिसामा कामदार नपठाउने निर्णय भएको छ ।
अव नेपालीले केही प्राविधिक शुल्क बाहेक रोजगारीमा कत्ति पनि शुल्क बुझाउन पर्दैन । यसअघि कतार लगायत मुलुकले फ्रि भिसा दिएको भए पनि म्यानपावर कम्पनीले भने चर्को शुल्क असुल्दै आएक थिए ।
यसबारे कतार सरकारले हालै औपचारिक तबरमै पनि आपत्ति जनाएको थियो ।
मलेसियालगायत श्रम गन्तव्य मुलुकस्थित नेपाली दुतावासले वर्तमान अवस्थामा छ महिनासम्म बैदेशीक रोजगारीमा नागरिक नपठाउन सरकारलाई सुचित गराएको थियो । आजको कान्तिपुरमा समाचार छ ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!