सलमानलाई जेल जानु नपर्ने, आत्मसर्मपणपछि जमानत

सलमानलाई जेल जानु नपर्ने, आत्मसर्मपणपछि जमानत
सन् २००२ देखि चल्दै आएको ‘हिट एण्ड रन केस’को मुद्दाबाट बलिउडका चर्चित नायक सलमान खानले राहत पाउने भएका छन् । वुधबार मुम्बइको सेसन कोर्टले सलमानलाई ५ बर्षको जेल सजायँ सुनाएको थियो । तर, तत्काल सलमानका वकिलले उच्च न्यायलयमा यो फैसला रोक्न र जमानत दिनका लागि अपिल गरेका थिए । जसका कारण सलमानलाई वुधबार जेल जानु परेको थिएन ।

त्यसको ठिक २ दिनपछि आज सलमान खानको जिवनमा नयाँ मोड आएको छ । बिहान करिब सवा ११ बजेबाट उच्च न्यायलयमा सुरु भएको बहसमा सलमानको पक्षमा फैसला आएको छ । सलमान खानलाई सेसन कोर्टले ५ बर्षका लागि सुनाएको सजायँ तत्काल कार्यन्वयन नगर्न उच्च न्यायलयले फैसला सुनाएको छ । यो फैसलासँगै सलमानको जिवनमा पनि  ठूलो राहत मिलेको छ ।
सलमान खान आज नै मुम्बइको सेसन कोर्ट पुगेर आत्मसर्मपण गर्नेछन् । यसपछि उनलाई जमानत दिइनेछ । उच्च न्यायलको बहसमा सलमान खान उपस्थित थिएनन् । तर, अब उनी आत्मसर्मपण गर्न र जमानका लागि सेसन कोर्ट जानेछन् ।
सलमान खानको पक्षमा फैसला आएपछि उनका फ्यानहरु पनि खुशी देखिएका छन् । तर, मुद्दामा बहस चलिरहँदा उनका एक फ्यानले अदालतको बाहिर बिष सेवन गरेका थिए । उनलाई अस्पताल लगिएको छ ।
सन् २००२ मा सलमानले नशामा गाडी चलाउँदा सडक पेटीमा सुतिरहेका ४ जना मध्ये १ जनाको निधन र ३ जना घाइते भएका थिए । यसपछि सलमानले ‘हिट एण्ड रन केस’को मुद्दा 

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!