स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो होलवडी चेकको पैशा कति?

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ। शरीरका विभिन्न अंगहरुले सही रुपमा काम गरे नगरेको र स्वस्थ रहे नरहेको बारेमा जानकारी लिई आवश्यक सजगता अपनाउनु नै सबैभन्दा बुद्धिमानी हुने स्वास्थ्य विज्ञहरु बताउँछन्।  गम्भीर भइसकेपछि उपचार गर्दा कतिपय रोग लाखौँ खर्चेर पनि निको नहुन सक्छ। त्यसैले बेलाबेलामा आफ्ना शरीरका अंगहरु स्वस्थ रहे नरहेको परीक्षण गरी त्यहीअनुरुप व्यवहार सुधार्न सकेमा धेरै हदसम्म स्वस्थ रहन सकिने विज्ञहरुको भनाई छ।                                                                              नेपाल किड्नी फाउण्डेसनका अध्यक्ष डा. शक्ति बस्नेतका अनुसार कतिपयलाई एउटा किड्नी फेल भइसकेको जानकारी नहुने तर अर्कोले पनि काम गर्न छोडेपछि अन्तिम अवस्थामा बल्ल परीक्षण गर्ने गरेका छन्। ‘यदी बेलाबेलामा किड्नीको परीक्षण गर्ने हो भने प्रारम्भिक चरणमा धेरै हदसम्म दुबै किड्नी जोगाउन सकिन्छ’ सेतोपाटीसितको कुराकानीमा उनले भने। खासगरी उचित खानपिन, व्यायाम, खुसी जीवनशैलीले मात्र स्वस्थ रहन सकिन्छ। स्वस्थ रहन सबैभन्दा पहिला खानपानलाई नै ध्यान दिनुपर्ने डाक्टरहरु सुझाउँछन्। फलफूल र सागसब्जीमा जोड दिने, रातो मासु, चिल्लो, बढी मसलेदार, बढी नुनिलो र गुलियो खाना नखाने, जंक फुड नखाने, पानी पर्याप्त पिउने, मदिरा, धुम्रपान सेवन नगर्ने, नियमित व्यायाम गर्ने, समयमै सुत्ने/उठ्नेजस्ता कुरामा ध्यान दिएमा धेरै रोगबाट छुट्कारा मिल्ने डा. बस्नेत बताउँछन्। ६/६ महिनाको अन्तरालमा  स्वास्थ्यका सबैजसो अंगहरुको परीक्षण गर्नेुपर्ने र रोग लाग्नुपूर्व सावधान हुन जरुरी रहेको बस्नेतको भनाइ छ। ‘अस्पतालको कमी कतै छैन, सामान्य स्वास्थ्य क्लिनिक पसलमै सस्तो शुल्कमा धेरै अंगको परीक्षण गर्न सकिन्छ’ उनले भने ‘त्यसैले स्वास्थ्यजस्तो सबैभन्दा ठूलो धन जोगाउन, कुनै हालतमा हेलचेक्राइँ गर्नु हुँदैन।’ पूर्ण स्वास्थ्य परीक्षणका लागि अधिकांश अस्पतालहरुले विशेष प्याकेज समेत बनाउने गरेका छन्। सस्तो रुपमा सबैले सबै अंगहरु परीक्षण गर्न र सावधानी अपनाउन सकुन् भन्ने उद्देश्यले अस्पतालहरुले ‘होल बडी चेकअप’को प्याकेज संचालन गरिरहेका छन्।  के हो ‘होल बडी चेकअप’ ? ‘होलबडी चेकअप’ गर्दा सामान्यतया मानिसमा चाँडो संभावित ठूला रोगहरुबारे पूर्व जानकारी हुने गर्दछ। होलबडीमा मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छातीको भिडियो एक्सरे गरिन्छ। दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ। परीक्षणपछि के के कुरामा सावधानी अपनाउने भनेर डाक्टरहरुले सुझाव पनि दिन्छन्। ति सुझावहरु अवलम्वन गर्न सकेमा लाखौँ खर्चेर पनि निको नहुने रोगहरुबाट समेत बच्न सकिन्छ। त्यस्तै होल बडी चेकअपमा मुत्र थैलीको अबस्था, इसिजी, अल्ट्रा साउण्ड परीक्षण गरी पूर्व जानकारी हुने डा. बस्नेतको भनाइ छ। ‘अहिलेको सामान्य खर्चले, भोलिको संभावित लाखौं खर्च जोगाउने हुँदा होल बडी चेकअपका लागि सानो रकममा कसैले कन्जुस्याइँ गर्न खोज्नु मुर्खता हुनेछ’ उनले भने। होल बडी चेकअपमा पनि कतिपयले महिला र पुरुषका हकमा छुट्टाछुट्टै शुल्क तोकेका छन्। महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरु परीक्षण गर्नुपर्ने भएकाले शुल्क फरक पर्न गएको अस्पतालहरुले बताएका छन्। त्यस्तै प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरुलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालहरुले प्रारम्भिक चरण र दोस्रो चरण गरी चेक अपको प्याकेज बनाएका छन्। अब हेरौँ, कुन अस्पतामा कति लाग्छ होल बडी चेकअपको शुल्क? टिचिङ अस्पताल काठमाडौंस्थित महाराजगंजमा रहेको टिचिङ सरकारी अस्पताल हो। एमबीबीएस पढाई समेत हुने भएकाले यसको नाम ‘टिचिङ’ रहन गएको हो। पढाई त छँदैछ, अस्पतालमा विभिन्न ठूला रोगको उपचार पनि हुने गरेको छ। होलबडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपैयाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ। -

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!