हार्दिक श्रद्धान्जली शनिबार बिहान लण्डनमा युवा गायक अनिल चर्चित यमबुद्ध को निधन



शनिबार बिहान लण्डनमा  चर्चित युवा गायक अनिल यमबुद्ध को निधन
बीबीसी नेपाली सेवासंग कुरा गर्दै लण्डनको मेट्रोपोलिटन पुलिसका एकजना प्रवक्ताले स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर बीस मिनटतिर एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने एउटा फोन आएपछि प्रहरी र चिकित्सादलका सदस्यहरु घटनास्थल पुगेको बताए। 
उनले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरिएको र सो घटना शंकास्पद नठानिएको प्रहरीको निष्कर्ष रहेको पनि बताए। मृतकको शव, मृत्युको कारण पत्ता लगाउन जाँचबुझ गर्ने अधिकारी (कोरोनर) समक्ष पठाइएको पनि उनले बताए। 
अधिकारीको शवको आउँदो बुधबार पोष्टमार्टम गरिने जनाइएको छ।
यसअघि, २९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान भेटिएको उनको पारिवारिक श्रोतले बीबीसीलाई बताएको थियो।
उनको पारिवारिक सूत्रका अनुसार अधिकारी शुक्रबार राती कामबाट फर्केर सुत्न गएका थिए, तर बिहानै उनको शव बाथरुममा भेटिएको थियो।
-यापर अधिकारीले "आमा, जुत्तामा, साथी" जस्ता कैयौं चर्चित गीतहरु गाएका छन्।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!