लञ्च भयो नयाँ आईफोन ७ प्लस , यस्ता छन् विशेषता
२३ भदौ, एजेन्सी।
एप्पलले आफ्नो सबैभन्दा शक्तिशाली स्मार्टफोन आईफोन ७ र आईफोन ७ प्लस लञ्च गरेको छ। सातौं जेनेरेशनको यो स्मार्टफोनमा अडियो ज्याक छैन। यो स्मार्टफोन वाटर प्रुफ छ।
एप्पलले आफ्नो सबैभन्दा शक्तिशाली स्मार्टफोन आईफोन ७ र आईफोन ७ प्लस लञ्च गरेको छ। सातौं जेनेरेशनको यो स्मार्टफोनमा अडियो ज्याक छैन। यो स्मार्टफोन वाटर प्रुफ छ।
एप्पलले आईओएस १० अपरेटिङ सिस्टम, एप्पल वाच सिरिज २ र इएर पोड्सको साथ कुल ५ प्रोडक्ट बजारमा उतारेको छ।
सान फ्रान्सिस्कोमा बुधबार राती भएको भव्य कार्यक्रममा एप्पलका सिईओ टिम कुकले यो आईफोनमा अहिलेसम्मकै सबैभन्दा फास्ट प्रोसेसर प्रयोग गरिएको बताए।
एप्पलले यो पटक आफ्नो आईफोनबाट हेडफोन ज्याक नै हटाएको छ। स्मार्टफोनसंग आउने वायरलेस एप्पल इएरपोडबाट अब गित संगित सुन्न सकिनेछ।
आईफोन ७ प्लसको क्यामेरामा ड्युअल लेन्स प्रयोग भएको छ।यो क्यामेरा स्मार्टफोनमा प्रयोग भएका अहिलेसम्मका क्यामेराहरुमा सबैभन्दा उत्कृष्ट हुनेछ। १२ मेगापिक्सलको क्यामेरा पहिले भन्दा ६० प्रतिशत फास्ट अनि ३० प्रतिशत उर्जा बचत गर्ने छ। ड्युअल क्यामेराको अर्थ यसमा दुईवटा १२ मेगापिक्सलको क्यामेरा छ, एउटा वाइड एङ्गल लेन्स र अर्को टेलिफोटो लेन्स । अब १० गुणा जुम गर्दा पनि तस्बिरको गुणस्तर निकै उत्कृष्ट खिच्न सकिनेछ।
सेल्फि क्यामेरा पनि ५ बाट ७ मेगापिक्सल बनाइएको छ।
आईफोन ७ मा स्पीकर्सलाई सुधारेर स्टेरियो स्पीकर राखिएको छ, जुन पहिलो पटक
होम बटनलाई पुरै बदल्दै यो पटक एप्पलले नयाँ प्रविधि प्रयोग गरेको छ। अब बटनको ठाउँमा साँच्चैको बटन हुने छैन। औलाले प्रेस गरे अनुसार बटन क्लिक भएको जस्तो भान गराउने छ। औलाको प्रेसर अनुसार बटनको काम निर्धारण हुनेछ। यो ‘ट्याप्टीक फिडब्याक सिस्टम’ पहिलो पटक एप्पलले म्याकबुक ल्यापटपमा प्रयोग गरेको थियो।
रिलिज भएका दुवै सेट वाटर अनि डस्ट प्रुफ छ। साथै दुवैमा पहिले भन्दा उत्कृष्ट ब्याट्री लगाइएको छ। वाईफाई चलाउँदा पनि आईफोन ७ ले १४ घण्टा ब्याट्री ब्याकअप दिने बताइएको छ।
एप्पलले १६ सेप्टेम्बरबाट नयाँ आईफोन बजारमा पठाउने छ। आईफोन ७ कुल पाँच रंगमा किन्न पाइनेछ।
मूल्य ( मेमोरी अनुसार):
आईफोन ७:
३२ जीबी- ५९९ पाउन्ड
१२८ जीबी -६९९ पाउन्ड
२५६ जीबी-७९९ पाउन्ड
३२ जीबी- ५९९ पाउन्ड
१२८ जीबी -६९९ पाउन्ड
२५६ जीबी-७९९ पाउन्ड
आईफोन ७ प्लस:
३२ जीबी-७१९ पाउन्ड
१२८ जीबी-८१९ पाउन्ड
२५६ जीबी-९१९ पाउन्ड
३२ जीबी-७१९ पाउन्ड
१२८ जीबी-८१९ पाउन्ड
२५६ जीबी-९१९ पाउन्ड
Comments
Post a Comment