स्वास्थ्यमन्त्री थापाले मोबाइलबाट वीर अस्पताल शाैचालयको फोटो निकालेपछि... (भिडियो)

काठमाडौं–स्वास्थ्य मन्त्री गगन थापाले बिहीबार वीर अस्पतालको निरीक्षण गरेका छन्। सो क्रममा अस्पताल कर्मचारी र चिकित्सकहरुलाई मन्त्री थापाले अस्पताल सुधारका सय दिने कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिए। सय दिनभित्र अस्पतालमा सुधार गर्न सकिने कामको योजना बनाएर आफूलाई बुझाउन उनले कर्मचारीलाई अह्राएका छन्।
मन्त्री थापाले आफ्नो खल्तीमा हात हाले। मोबाइल निकाले र फेसबुकको तस्बिर देखाउँदै भने ‘अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने हालतमा छ,’ उनले खुलाए ‘यो तस्बिर अस्पताल कर्मचारीले मलाई फेसबुक म्यासेजमा पठाउनु भएको थियो। के यो शाैचालय प्रयोग गर्न लायक छ?’
‘म आजको आजै सबै सुधार हुनुपर्छ भनेर देखाउनका लागि गरिने सुधार खोज्न आएको हैन,’ मन्त्री थापाले भने ‘कार्ययोजना बनाएर त्यो अनुसार काम भयो या भएन भन्ने कुराको रिपोर्ट लिन म बीचबीचमा आउनेछु।’ उनले अस्पतालको अवस्था सुधार्नका लागि तत्काल गर्नु पर्ने कामकाे सूची तयार पार्न निर्देशन दिए।
अस्पताल भित्र भएको अन्तरक्रिया भइरहँदा एक्कासि खल्तीमा हात हाले। मोबाइल निकाले र फेसबुक खोले। फेसबुक पेजमा कसैले पठाएको  तस्बिर देखाउँदै उनले भने ‘अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने हालतमा छ,’ उनले खुलाए ‘यो तस्बिर कसैले मलाई फेसबुक पेजमा पठाउनु भएको हो। के यो शाैचालय तपाइँ हामी प्रयोग गर्न सक्छौं?’
अस्पतालको शौचालय सफा गर्नका लागि पनि मन्त्री नै आएर भन्नु पर्ने विषय नभएको भन्दै अस्पताल प्रशासनप्रति स्वास्थ्य मन्त्री थापाले अप्रत्यक्ष व्यंग्य गरे।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!