पेटलाई बनाऔं
भाद्र २, २०७३
महिलाको सुगठित शरीर सुन्दरताको आधार हुन्छ । सुगठित शरीरका लागि सुगठित पेट आवश्यक छ । खानपिनमा गरिने असावधानीको परिणामस्वरूप पेट बाहिर निस्कन्छ र सम्पूर्ण शरीरको आकार नै बिग्रन सक्छ ।
सही आकारका लागि
पहिरन
महिलाको सुगठित शरीर सुन्दरताको आधार हुन्छ । सुगठित शरीरका लागि सुगठित पेट आवश्यक छ । खानपिनमा गरिने असावधानीको परिणामस्वरूप पेट बाहिर निस्कन्छ र सम्पूर्ण शरीरको आकार नै बिग्रन सक्छ ।
सही आकारका लागि
- धेरै मात्रामा खाना खानु वा खाना खानेबित्तिकै सुत्ने बानीका कारण पेट बाहिर निस्कन्छ । खाना खानेबित्तिकै सुत्ने बानी सुधार्नु जरुरी हुन्छ ।
- धेरै फ्याट भएका खाद्यपदार्थ खानाले पेटको आकार बेडोल हुन पुग्छ । यस्तो खाना प्राय: राति खानु राम्रो हुँदैन ।
- लामो समय पिसाब रोक्दा पनि पेट बेडोल हुन्छ ।
- व्यायामपछि तिर्खा मेटाउन बढी पानी पिउनु पनि पेटको आकार बिगार्नु हो । व्यायाम गरेको कमसेकम १५–२० मिनेटपछि मात्र पानी पिउनु उचित हुन्छ ।
- कम्मरको मुनिको पहिरन कसेर बाँध्नाले पेट बाहिर निस्कदैन । नाभिमुनि लगाइने पहिरन कस्सिने गरी बाँध्नु हुँदैन ।
- परत्येक दिन प्रात: भ्रमण गर्नुपर्छ । घुमफिर गर्दा सासभित्र तानेर पेटलाई पनि भित्रतर्फ खिच्नुपर्छ भने व्यायाम पनि गर्नुपर्छ ।
- भोजन गर्दा पानी पिउनु ठीक होइन । भोजन गरेको आधा घन्टापछि मनतातो पानी पिउनु उपयुक्त हुन्छ ।
- सातामा एकपटक पेटमा उबटन लगाएर स्नान गर्नुपर्छ । यसबाट पेटको छाला कसिलो हुन्छ ।
- बस्ने मुद्रामा विचार पुर्याउनुपर्छ । अफिसमा बढी समय छ भने आसन परिवर्तन गरिरहनुपर्छ ।
- गर्भावस्थामा तेलले विस्तारै पेट मालिस गर्नुपर्छ । प्रसवपछि हल्का दबाब दिएर पेटलाई बाँधेर राख्नुपर्छ ।
- सातामा एकपटक चिसो र तातो पानीले पेट सेक्नुपर्छ ।
पहिरन
- पहिरन लगाउने शैलीमा केही परिवर्तन गरेर पनि ठूलो पेटलाई लुकाउन सकिन्छ ।
- भर्टिकल लाइनिङ भएको कपडा लगाउँदा पेट सानो देखिन्छ ।
- बढ्दो पेटमा पातलो साडी बाँध्नु हुँदैन । साडी भिजे पनि पेट ठूलो देखिन्छ ।
- सुट धेरै लुज वा टाइट हुनु हुँदैन ।
- पेट ठूलो छ भने ब्लाउजको हुक वा बटन कसेर लगाउनु ठीक हुँदैन । यसबाट पेट अझ ठूलो देखिन्छ ।
- लामो साडी लगाउनु पनि राम्रो हुँदैन ।
- आफ्नो रंग–रूप हाइलाइट हुने पहिरन छनोट गर्नुपर्छ ।
Comments
Post a Comment