Russian Embassy सम्म पुर्याउन र नेपाल सरकारको ध्यानाकर्षण

यो तस्बिरमा देखेको मान्छे मैले पनि धेरै समय अघि तिर देखि बसन्तपुर, ठमेल, क्षेत्रपाटी तिर देख्थे। उ नेपाली होईन। मैले उस्को बारेमा कोहि मान्छेहरुलाई सोधे। कोहिले भने त्यो त बिदेशी हो उस्को सबै सामान चोरी भएको थियो रे। अब उ संग केही छैन। पासपोर्ट पनि छैन उ संग। उ एउटा रसियन (Russian) नागरिक रहेछ। एक चोटिमा दुई ओटा चुरोट तानेको देख्छु कहिले धुप बालेर हिडेको देख्छु। त्यो मान्छे देखेर खुब दया माया लागे...र आउँछ। नेपाल घुम्न आएको मान्छे के भयो उस्को जीवन?

यसै सिलसिलामा 'heroes of Basantapur' भन्ने फेसबुक ग्रुपमा Hitesh Sharma को पोष्ट देखे। उहाँ पनि उहीँ ब्यक्तिको बारेमा खोज्न र जान्न चाहानु हुदो रहेछ। त्यो ब्यक्तिलाई सकुशल उस्को देशमा फर्काउन पाए एउटा नेपाली भएर गर्नु पर्ने कर्तव्य पूरा हुन्थ्यो भने उस्को पनि आफ्नो परिवार आफन्तहरु होला। बाटो हेर्दै होला।
उसको बारेमा खोज तलास गर्न र यो कुरा Russian Embassy सम्म पुर्याउन र नेपाल सरकारको ध्यानाकर्षण गरि उक्त पर्यटकलाई उसको देसमा फर्काउन सकिन्छ? सकिन्छ भने एउटा कर्तव्यनिष्ठा व्यक्ति किन नबन्ने?
सहि सल्लाहको अपेक्षा गर्दछु। हातेमालो गर्न चहान्छु।


Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!