ओली सरकार ढल्न लाग्दा भारतीय मिडिया प्रतिक्रिया

२३ बैशाख, काठमाडौं ।
नेपालमा सत्ता राजनीतिको नाटकीय खेल बुधबार देखि शुरु भएर विहीबार केही विश्राम लिएको छ । एकाएक आफ्नै नेतृत्वको सरकार बनाउने भन्दै सत्तारुढ प्रमुख दल मध्येकै दोश्रो शक्ति एमाओवादीले पहल थालेपछि नेपाली राजनीति एकै पटक तरंगित भयो ।
प्रचण्डले सरकारको नेतृत्व गर्न कस्सिएपछि उनीमाथि भारतीय डिजाइनमा चलेको आरोप पनि लाग्यो ।

के कारणले ब्याक भए प्रचण्ड ?

प्रचण्डले निकालेको विज्ञप्तिले नेपाली मिडियामा त प्रमुख हेडलाइन बनायो नै ओली सरकार ढाल्न ब्यग्र रहेको भनिएको दक्षिणी छिमेकी देशका मिडियामा पनि यो विषय प्रमुख बन्यो ।

नाचघरमा ओली र प्रचण्डको डिल हुँदै

नेपाल मामिलाबारे विभिन्न खुलासा गर्दै आएको भारतीय चर्चित अखबार इण्डियन एक्सप्रेसले नेपालमा ओली सरकार ढल्न लागेको भनेर हेडलाइन समाचार बनाएको छ ।

केही अन्य मिडियामा पनि ओली सरकार ढल्न लागेको र नेपाल संकट बढ्न लागेको चर्चा देखिएको छ । यद्यपी तुलनात्मकरुपमा यो विषयमा अधिकाँश मिडियामा भने चासो देखिएन ।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले भने एमाओवादीले साथ नदिएनि ‘एक्लिएका प्रधानमन्त्री ओलीले राजिनामा नगर्ने’ भन्ने शीर्षकमा समाचार बनाएको छ ।



Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!