कान्तिपुरबाट - नेपालमा रेल मार्ग जोड्न भारत र चीनको प्रतिष्प्रर्धा -

काठमाडौं, २० फागुन - छिमेकी चीनले केरुङसम्म रेल ल्याउने योजना अघि बढाइरहेका बेला दक्षिणी छिमेकी भारतले पनि काठमाडौंसम्मै रेल वे संजाल जोड्ने योजना अघि बढाएको छ। नेपालको राजनीतिमा देखिने, नदेखिने गरी चासो राख्ने दुवै छिमेकी रेलमार्ग जोड्न प्रतिष्प्रर्धी झै देखिएका छन्।

भारतले उत्तरप्रदेशको बहरनी बजारदेखि काठमाडौंसम्म रेल लाइन नेटवर्कको सर्भे गर्न कार्यक्रम रेल बजेटमा घोषणा गरेको छ। सर्भेको काम भएपछि भारतले नेपालसँग सहकार्य गरेर रेलवे निर्माण काम सुरु गर्नेछ।
 

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!