धेरै मोबाइल चलाउनु हुन्छ ? ख्याल गर्नुस यी कुरा

काठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर भगवान कोइरालाले मोबाइल धेरै चलाउँदा ख्याल गर्न सुझाव दिएका छन् ।बढ्दो प्रविधिसँगै मोबाइलको प्रयोग धेरै हुन थालेपछि त्यसबाट मानव स्वाथ्यमा थुप्रै प्रभाव पर्ने भन्दै ख्याल गर्न सुझाव दिएका हुन् ।
१. मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन ।
२. राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १।८ मीटर पर राख्नुस् ।
३. मोबाइल खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् ताकि त्यसको एन्टिना तपाइदेखि परहोस् ।
४.  गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ ।
५. धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।
६. इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।
७.पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर ९ट्यूमर० भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।
८. मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहुँदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।
९. फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ । यसबाहेक मोवाइल किन्दा SAR (Specific Absorption Rate हेर्नुस् । जति SAR उतिनै राम्रो हुन्छ । अनुसन्धानकर्ताहरु भन्छन तपाईँ फोनमा दुई मिनेट कुरा गर्दा तपाईँको मस्तिष्कको प्राकृतिक बिद्युतिय गतिबिधि एक घण्टा सम्म प्रभावित हुन्छ ।
स्रोतः डा.कोइरालाको फेसबुक पेज

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!