संयुक्त राष्ट्रसंघले लगायो उत्तर कोरियामाथि हालसम्मकै कडा प्रतिबन्ध

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि व्यापक प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रसंघ सुरक्षा परिषदको बठकले उत्तर कोरियामाथि ब्यापक अन्तराष्ट्रिय प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

यो प्रतिबन्ध उत्तर कोरियामाथि गएको २० वर्षयता लागेको सबैभन्दा कठोर हो । गएको महिना उत्तर कोरियाले गरेको परमाणु परीक्षणको जवाफमा सुरक्षा परिषदले प्रतिबन्ध थप कडा पार्ने निर्णय गरेको हो । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाबाट विभिन्न देश आउने जाने कार्गो विमानको चेक जाँच हुनेछ । यसमा पानी जहाज तथा हवाइ हजाह दुवै पर्ने छ । यस्तै उत्तर कोरियाका थप १६ जना उच्च अधिकारी र १२ संगठनलाई कालो सूचीमा राखिएको छ । उत्तर कोरियाले अब कुनै पनि किसिमका साना तथा हुलका हतियार पनि बेच्न पाउने छैन । यस्तै अवैध गतिविधि गर्ने उत्तरका कुटनीतिज्ञलाई पनि निष्काशन गर्ने प्रतिबन्धको प्रस्तावमा उल्लेख छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्व समुदायले उत्तर कोरियालाई आफ्ना खतरनाक कार्यक्रम रोकेर आफ्ना नागरिकका लागि राम्रो मार्ग चुन्न आग्रह गरिरहेको र प्रतिबन्ध त्यसैको परिणाम रहेको बताए ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!