नेपालले २३ वर्षपछि जित्यो उपाधि | Published: January 22, 2016 | शुक्रबार 8 माघ, 2072 | 7:59 PM
काठमाडौं, माघ ८ । नेपाली राष्ट्रिय फुटबल टिमले २३ वर्षपछि पहिलो औपचारिक उपाधि जितेको छ ।
बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिसँगै नेपालले सन् १९९३ पछि पहिलो औपचारिक उपाधि जितेको हो ।
फाइनलमा नेपालले बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्यो
। नेपालको जितमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।
। नेपालको जितमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।
खेलको ५औं मिनेटमै गोल गर्दै विमलले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । ८७औं मिनेटमा विशालले गोल गरे भने इन्जुरी समयको पहिलो मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल थपे ।
नवयुगले माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलमा ह्याट्रिक गरेका थिए ।
कुनैपनि औपचारिक प्रतियोगितामा १७ वर्षपछि फाइनल खेलेको नेपालले उपाधि जितेसँगै नेपाली फुटबलको हैसियत एक कदम माथि उठेको छ ।
नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा ठाउँ पक्का गरेको थियो ।
समूह चरणमा नेपालले मलेसियाको फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई १–० ले हराएको थियो ।
आसन्न दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गर्दै युवा टोली लिएर बंगलादेश पुगेको नेपालले इतिहास रचेको हो ।
नेपाली फुटबलको इतिहासमा सन् १९८४ र सन् १९९३ को सागमा उपाधि जितेबाहेक नेपालले कुनै अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलोपटक हो ।
Comments
Post a Comment