एन्फाले बङ्गबन्धु कप विजेता खेलाडी तथा प्रशिक्षकलाई जनही रु पाँच/पाँच लाख दिने


अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बङ्गबन्धु कप विजेता खेलाडी तथा प्रशिक्षकलाई जनही रु पाँच÷पाँच लाख दिने घोषणा गरेको छ ।

रासससँग कुरा गर्दै एन्फाका प्रमखु कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले २३ खेलाडी, दुई प्रशिक्षक र एक चिकित्सक गरी २६ जनालाई जनही रु पाँच/पाँच लाख दिने निर्णय भएको भएको छ ।

शनिबार दिउँसो विमानस्थल उत्रिएलगत्तै एन्फाले टोलीलाई नगर परिक्रमा गराई दशरथ रङ्गशाला पु¥याएर स्वागत गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।

विजेता खेलाडीलाई जनही रु दुई लाख
राष्ट्रिय खेलकद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बङ्गलादेशमा आज साँझ सम्पन्न बङ्गबन्धु कप विजेता खेलाडीलाई जनही रु दुई लाख पुरस्कार उपलब्ध गराउन सरकारलाई परिषद्का तर्फबाट सिफारिस गरिने बताउनुभएको छ ।

आज साँझ रासससँग कुरा गर्दै उहाँले आइतबार खेलकुद मन्त्रालयलाई सो सिफारिस गरिने जानकारी दिँदै भन्नुभयो,“प्रशिक्षक र खेलाडीले रु दुई लाख तथा सहायक प्रशिक्षकलाई रु एक लाख सिफारिस गर्छौँ ।”

उहाँले आजको जितलाई ऐतिहासिक भन्दै टिमलाई बधाई तथा शुभकामनासमेत दिनुभयो । नेपाली टोली शनिबार अपराह्न १ः५० मा काठमाडौँ आइपुग्नेछ ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!