इन्धनको मुल्य आज घट्ने
काठमाडौं ।अभावका बाबजुत नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मुल्य घटाउने तयारी गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलेको मुल्यमा भारी गिरावट आएसंगै नेपालमा पनि यसको प्रभाव परेको हो । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य प्रति व्यारेल ३० डलरमा झरेको छ । पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ घटाउने तयारी भईरहेको आयल निगम श्रोतले जनाएको छ । हवाई इन्धनको सम्वन्धमा भने निर्णय भईसकेको छैन ।
भारतीय आयल कर्पोरेशनबाट नयाँ मुल्य आउने र संचालक समिति वैठकले आजै मुल्य घटाउने सम्वन्धी निर्णय गर्ने श्रोतले जनाएको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा निरन्तर कमी आएसंगै आयल निगम पछिल्लो समय नाफामा छ । संचिती घाटा अत्याधिक रहेको निगमले घाटाका बाबजुद बोनस वितरण गर्ने निर्णय गरेको थियो । निगमले संचयकोष र नागरिक लगानीकोषलाई गरि करिव १२ अर्व रपैयाँ ऋण तिर्न बाँकी छ ।
-
Comments
Post a Comment