शनिबारदेखि थप दुई घण्टा लोडसेडिङ (तालिकासहित)

काठमाडौं, पुस ३ । बिजुलीको उत्पादन कम भएको भन्दै नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि फेरि लोडसेडिङको समय बढाउने भएको छ ।  दिनमा दुई घण्टासम्म लोडसेडिङ लम्ब्याउने प्राधिकरणको छ । अब उपभोक्ताले दिनमा १० घण्टासम्म लोडसेडिङ भोग्नुपर्नेछ ।
मागभन्दा उत्पादन निकै कम भएपछि लोडसेडिङ बढाउन लागिएको प्राधिकरणले जनाएकोछ । नदीमा पानीको बहाव घटेर बिजुली उत्पादनमा ह्रास आएपछि हाल सातामा ५६ घण्टा लोडसेडिङ भइरहेको छ ।
नदीहरुमा पानीको सतह घट्दै गएका कारण विद्युतको उत्पादन घट्दो क्रममा छ । सुख्खा मौसमका कारण बिजुली उत्पादन प्रभावित भएपछि घोषित रुपमा लोडसेडिङ बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले उपभोक्तालाई खाना पकाउने समयमा कम बिजुली कटौती गर्ने जनाएको छ । तर, बिजुली पर्याप्त नभएकाले उपभोक्ताले पनि सचेत भएर कम खपत हुने गरी विद्युतीय सामग्री चलाउन आग्रह गरेको छ ।




Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!