राजतन्त्र सकिए पनि जनताले राजा वीरेन्द्रलाई यसरी सम्झे

काठमाडौँ : आज पुस १४ गते पूर्व राजा वीरेन्द्र शाहको जन्म जयन्ती। राजतन्त्र अन्त्य भए पनि जनतामा राजा वीरेन्द्रप्रतिको सम्झना र श्रद्धा मेटिएको छैन। जनताले मंगलबार पनि वीरेन्द्रलाई 'जनप्रिय राजा' का रुपमा सम्झेका छन्।
 
मंगलबार नागरिक स्तरबाट पनि राजा वीरेन्द्रको सम्झना र सम्मान गरिएको छ।सामाजिक सञ्जालमा वीरेन्द्रको  र छविबारे थुप्रै चर्चा र प्रतिक्रिया आएका छन्। 
२०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो ।जनप्रिय तथा राष्ट्रप्रेमी उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन।
 
हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो। राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए।
 
०४६ सालमा दलहरुले थालेको आन्दोलनले हिंसात्मक रुप लिन नपाउँदै जनभावना बुझेर राजा वीरेन्द्रले प्रजातन्त्रको पुनरवहाली गरेका थिए भने २०४७ सालको प्रजातान्त्रिक संविधान जारी गर्न पनि वीरेन्द्रले अभिभावकका रुपमा सहयोगी भूमिका निर्वाह गरेका थिए।
माओवादी जनयुद्धका नाममा सुरु भएको द्वन्द्वको समाधान खोज्न पनि वीरेन्द्रले अनौपचारिक सम्पर्क सूत्र कायम गरेर विद्रोही पक्षलाई सम्वादमा ल्याउने कोशिस गरेका थिए। तत्कालीन विद्रोही पक्ष माओवादीका नेताहरुले समेत द्वन्द्व व्यवस्थापनका लागि वीरेन्द्रबाट भएको प्रयासको प्रशंसा गर्दै आएका छन् । 
 
यसैबीच राजा वीरेन्द्रको जन्मजयन्तीका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको उनको सालिकमा दीपावली र फूलमाला अर्पण गरिएको छ।
 
सहकालका देवता इन्द्रको नित्य पूजा भइरहने स्वर्गपुरी मन्दिर परिसरमा रहेको सो शालिकमा मन्दिरका नित्य पुजारी तथा अध्यक्ष अच्युतप्रसाद भण्डारीले दीपावली गरी फूलमाला अर्पण गर्दै ‘सत्य बोल, धर्म गर’ भन्ने भावना राजा वीरेन्द्रमा रहेकरहेको बताए। annapurnapost.com

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!