मोदीलाई ओलीको पेचिलो जबाफ
वीरगन्जमा प्रहरीको गोली लागि लागि भारतीय नागरिकको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेका छन् । आन्दोलनको क्रममा भारतीय नागरिक मारिनु गम्भीर भएको भन्दै मोदीले प्रधानमन्त्री ओलीलाई किन भारतीय नागरिक मारियो भन्ने प्रश्न गरेको ओलीको भनाई उदृत गर्दे स्रोतले भन्यो ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समितिको बैठकमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेका थिए । आधा घण्टासम्म भएको टेलिफोन कुराकानीमा मोदीले वीरगञ्जको घटनाबारे चासो व्यक्त गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले नेपालको आन्दोलनमा भारतीय नागरिकको मृत्यु हुनुले आफूलाई आश्चर्यमा पारेको बताएका थिए । मोदीले आन्दोलनमा भारतीय नागरिक पनि मारिन थाले, नेपालमा अझै कति मारिएका छन थाहा छैन, भारतीय नागरिक मारिदा तपाईले संवदनामा पनि दिनु भएन भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले नेपाल भारतको शत्रु नभई असल छिमेकी हो, तपाईले एकोहोरो कुरा सुन्नुभयो भन्दै नेपालको वीरगञ्ज नाकामा रोकी राखेका गाडी र चालकलाई पठाउने काम गरेको स्मरण गराएका थिए । नेपालको आन्दोलनमा भारतीय नागरिक प्रहरी चौकीमा ढुंगा हान्न र पेट्रोल बम प्रहार गर्न आउछन, नेपालको आन्दोलनमा भारतीय नागरिक हुन्छन भन्ने सोचेका थिएनौ, नेपालमा अशान्ति मच्चाउने को रहेछन भन्ने प्रमाणित भयो नि मोदी जी भन्दै ओलीले पनि सटिक जवाफ दिएको एक स्थायी समिति सदस्यले बताए ।


Comments
Post a Comment