बाग्लुङ कालिका मन्दिरमा दर्शनार्थीको भीड

                                     बाग्लुङ, कार्तिक ४ । बाग्लुङको प्रसिद्ध धार्मिक तीर्थस्थल कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।नवरात्रको अवसरमा मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीको भीड लागेको हो । मनोकाक्षा पूरा हुने विश्वासमा भगवतीप्रति भक्तिभाव राखेर भाकल गरेर राँगा, बोका, कुखुरा, हाँस बाजागाजासहित मन्दिर ल्याएर दर्शनार्थीले बलि दिने गर्दछन् ।
हरेक वर्ष दसैंको अवसरमा मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । धौलागिरि अञ्चलका बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङको साथै कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी, चितवन, काठमाडौलगायतका स्थानबाट भक्तजन पूजा गर्न त्यहाँ पुग्दछन् ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!