आइसिसी उन्नाइस वर्षमुनि (यु-१९) को विश्वकप छनोट : आयरल्याण्डमाथि नेपालको शानदार जित

आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) को विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालद्वारा आयरल्याण्डा पराजित भएको छ ।


नेपालका ओपनर जोडी सुनिल धमला र सन्दीप सुनारले १७० रनको साझेदारीको गरेपछि नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको छ ।


मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदानमा आयरल्याण्डले नेपाल सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

१८५ रनको लक्ष्य लिई मैदानमा प्रवेश गरेका नेपालका प्रारम्भिक ब्याट्स्म्यान सन्दीप सुनारले ८५ रन र सुनिल धमलाले ७५ रन बनाएका थिए । नेपालका लागि यू १९ मा ओपनीङ जोडीले बनाएको यो सर्वाधिक रनको रेकर्ड हो ।


नेपालका लागि बलिङ तर्फ स्पिनर प्रेम तामाङले १० ओभरमा मात्र ३५ रन दिँदै २ विकेट लिएपछि नेपाल बलियो स्थितिमा पुगेको हो । अर्का बलर ललितनारायण राजवंशीले पनि कसिलो बलिङ गर्दै १० ओभरमा २ मेडन राख्दै २५ रन खर्चेर २ विकेट लिएका थिए । आयरल्याण्डका लागि ओपनर ज्याक टेक्टरले ४६ बनाएका थिए भने आरोन गिलिस्पी अवीजित ५६ बनाएका थिए ।
 


टस जितेर पहिले ब्याटिङ् गरेको आयरल्याण्डले निर्धानित ५० ओभरमा ७ विकेटको क्षेतिमा १८४ रन बनाएको हो । तिर्पन्न रन हुँदा पहिलो विकेट गुमाएको आएरल्याण्डले ७३ रन हुँदा तीन विकेट खेर फालेको थियो । त्यसपछी थप चौँध रन थपदा अरु दुई विकेट गुमायो ।


नेपालको कसिलो बलिङ्को सामु केही दवाबमा परेको आयरल्याण्डले एक सय रन बनाउदा तीन विकेट बनाएको थियो । यसतै थप एक रन जोड्दा आयरल्याण्डले सात विकेट खेरा फालेको थियो । बलिङ् तर्फ नेपालका लागि प्रेम तामाङले चार तथा ललित राजबङ्सीले २ विकेट लिएका थिए । 


Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!