
पाल्पाको सिद्धबाबामा पहिरोसँगै बस नदीमा खस्यो ठूलो हताहतको आशंका
पाल्पा, साउन २३। पाल्पाबाट बुटवल जाँदै गरेको लु १ ख ५७७१ नम्बरको बस पाल्पाको दोभानस्थित सिद्धबाबाबामा दुर्घटना भएको छ । बस सडकबाट खोलामा खसेको छ । पाल्पा प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीका अनुसार बस खोलामा खसेपछि माथिबाट पहिरोसमेत झरेको छ ।
'बसमा कति यात्रु थिएभन्ने खुल्न सकेको छैन,' चौधरीले भने,'बस खोलामा खसेका कारण ठूलै हताहती भएको अनुमान गरेका छौं ।'प्रहरी निरीक्षक चौधरीका अनुसार बस खसेको ठाउँमा माथिबाट पहिरो झरी रहेकाले उद्दार कार्यमा कठिनाई भएको छ ।
'बससँगै पहिलोपनि खसिरहेको छ,' उनले भने,'पहिरा खस्ने क्रम नरोकिएकाले उद्दार कार्यमा कठिनाई भइरहेको छ ।' घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिए पनि भौगोलिक विकटताका कारण उद्दार कार्य हुन नसकेको उनले बताए । बसमा कतियात्री थिए भन्ने विषयमा केही जानकारी हुन नसकेको छैन ।
Comments
Post a Comment