कम सुत्नेलाई घुँडा र जोर्नी दुख्ने खतरा !
हालै गरिएको एक अध्यनले कम सुत्ने ब्यक्तिमा घुँडा तथा जोर्नी दुख्ने
समस्या हुन सक्ने देखाएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको
स्कुल अफ मेडिसिनमा गरिएको अध्यनका क्रममा यस्तो तथ्य बाहिर आएको हो ।
कम सुत्ने मानिसमा जोर्नी र घुँडा दुख्ने समस्या बढ्दै जान सक्ने उक्त
अध्यनको निष्कर्ष छ । दुखाइको बारेमा सोंच्ने र सुत्न नसक्नेहरुमा यस्तो
समस्या अझै बढी हुने समेत शोधकर्ताले बताएका छन् ।

कम सुत्ने मानिसमा जोर्नी र घुँडा दुख्ने समस्या बढ्दै जान सक्ने उक्त
अध्यनको निष्कर्ष छ । दुखाइको बारेमा सोंच्ने र सुत्न नसक्नेहरुमा यस्तो
समस्या अझै बढी हुने समेत शोधकर्ताले बताएका छन् ।
यो अध्यन २०८ जना सहभागीमाथि गरिएको थियो ।
कम सुत्ने ब्यक्तिहरुमा दुखाइ सम्बन्धि काम गर्ने मस्तिस्कको भाग सक्रिय
रहने र त्यसले दुखाइलाई बढाउने समेत पाइयो ।
यो अध्यन जर्नल अफ अमेरिकन कलेज अप र्यहूमेटोलोजीमा प्रकाशित छ ।
Comments
Post a Comment