भूकम्पपछिको नेपाल पुनःनिर्माणका लागि कसले कति पैसा दिने घोषणा गर्‍यो ?

असार, काठमाडौं ।
नेपालको पुननिर्माणका लागि दातृ मुलुक र निकायले करिव ४०० अर्व बराबरको सहयोग घोषणा गरेका छन् । सबैभन्दा ठूलो सहयोग भारतले १०० अर्वको गरेको छ भने चीनले चीन ७६ अर्ब तथा एसियाली विकाश बैंक एडिबीले ६० अर्ब, विश्व बैंकले ५० अर्ब, जापानले २६ अर्ब, अमेरिकाले १३ अर्ब, युरोपेली युनियन इयुले ११ अर्ब तथा नर्बेले ३ अर्बको सहयोग घोषणा गरेका छन् ।
 सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइराला

राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै महाविपत्तिमा परेको नेपाललाई रुIndian External Affairs Minister Addresses ICNR दुई खर्ब सहुलियतपूर्ण ऋण र रु एक खर्ब अनुदान सहायता प्रदान गरिने घोषणा गरिन् ।

 
भारतीय विदेशमन्त्री सुष्मा स्वराज
त्यस्तै चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न रु १ अर्ब वित्तीय सहायता उपलब्ध गराइने जानकारी दिए ।

Chinese Minister for Foreign Affairs Addresses ICNR
चीनका विदेशमन्त्री वाङ यी
त्यस्तो अर्को दाता निकाय विश्व बैंकले नेपाललाई ५० अर्ब रूपैयाँसम्म सहयोग गर्ने बचन दिएको छ । सम्मेलनमा भिडियो सन्देशमार्फत विश्व बैंकका अध्यक्षले यो सहयोगको घोषणा गरेका हुन् ।
नेपालको सबैभन्दा ठूला दाता राष्ट्र जापानले नेपाललाई पुननिर्माणका लागि २६ अर्ब रूपैयाँ सहयोग गर्ने बचन दिएको छ । सम्मेलनमा सहभागी हुन काठमाडौं आएका विदेश राज्य मन्त्री मिनोरु कियुचीले सहयोग रकम घोषणा गरेका हुन् ।
एसियाली विकाश बैंक एडिबीले भूकम्पपछिको पुननिर्माणका लागि २५ अर्ब रूपैयाँ सहयोग घोषणा गरेको छ भने अमेरिकाले १३ अर्ब रूपैयाँ सहयोग भूकम्प सम्बन्धि शीर्षकमा दिने बताएको छ । नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी विदेश मन्त्री जोन केरीको सन्देश सम्मेलनमा पढेर सुनाएका थिए ।
 US Ambassador to Nepal Addresses ICNR
सम्मेलनमा बोल्दै अमेरिकी राजदुत पिटर डब्ल्यु बोडी
अर्को दातृ निकाय युरोपेली संघ इयुले नेपालले पुननिर्माणमा नेपाललाई सघाउन ११ अर्ब रूपैयाँ अनुदान दिने घोषणा गरेको छ । सम्मेलनमा नर्वेका प्रतिनिधीले ३ अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गरे ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!