नरेन्द्र मोदी किन आएनन् नेपाल? भित्री कुरा यस्तो रहेछ

काठमाडौं । हेडलाइन्स टिप्पणी ।
भारतीय प्रधानमन्त्रीले प्रधानमन्त्री हुने वित्तिकै छिमेकी मुलुकसँग सम्बन्ध सुधार गर्नका लागि केही आक्रामक कदम चाले । आफ्नो सपथग्रहण समारोहमा नै सार्क क्षेत्रका सरकार प्रमुखलाई उपस्थित गराएर फरक सन्देश दिए । छिमेकी मध्ये पनि नेपालप्रति उनको विशेष सद्भाव रहेको कुरा उनले दोहोर्‍याउँदै आएका छन् ।
गत साउनमा नेपाल आएका मोदीले संविधानसभामा विशेष संवोधन गरेर नेपाली नेताहरुलाई लामै उपदेश दिएका थिए । त्यतिबेला मोदीले नेपाल सार्वभौम र स्वतन्त्र देश हो भन्दै उपदेश दिँदा ताली बजाएका नेताहरु यतिबेला पनि मखलेल छन् । खासमा भन्दा मोदीले नेपाललाई आफ्नै देशकै भूभागलाई जस्तै ब्यवहार गर्छन् ।Mahat with Modi
आफूलाई नेपाल बोलाउन गएका नेपालका अर्थमन्त्रीका साथमा मोदी 
मोदीलाई भूकम्पपछिको नेपाल आउने पहिलो विदेशी सरकार प्रमुख बन्ने चाहाना नभएको पनि होइन । तर त्यस्तो चाहाना पुरा हुनु अघि नै भुटानी प्रधानमन्त्री नेपाल आए । त्यति मात्र होइन यही बेला चीन गएका मोदीले चिनियाँ सरकारसँग गरेको ब्यापारिक सम्झौता भारतमा भन्दा नेपालमा बढी चर्चाको विषय बन्यो । खासमा भन्दा चर्चा भन्दा बढी आलोचित । मोदी ३ दिन सम्म चीनमा हुँदा गरेको सम्झौताले नेपाललाई पोल्यो ।
सार्क सम्मेलनमा सहभागी हुन आएको बेला मोदीले नेपाली राष्ट्रिय विवादको केन्द्रमा रहेको संविधान निर्माणमा भैरहेको विवादमाथि ठाडै हस्तक्षेप गर्दै बहुमतीय संविधान बनाए नेपाल संकटमा फस्ने कठोर र दीर्घकालीन महत्वको टिप्पणी गरे ।
मोदीले गत बैशाख १२ मा गएको विनाशकारी भूकम्प पछि देश बाहिर रहेका नेपाली प्रधानमन्त्रीलाई फोन गरेर जानकारी दिने विदेशी सरकार प्रमुख पनि मोदी नै हुन् । उनले नेपालमा पहिलो पटक विदेशी राहतकर्मीकोरुपमा सेना र अधिकारीहरुलाई तत्काल नेपाल पठाएर नेपाल उद्दार मिसनको कमाण्ड आफैले सम्हालेका थिए ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!