कब्जियतबाट बच्न चाहनुहुन्छ ? खानुस् यी ५ खानेकुरा…
हामी
सकेसम्म सधै स्वस्थ रहन चाहन्छौ तर, खाने खानाको समय नमिल्दा र खाना मिलाएर
खान नसक्दा विभिन्न किसिमको समस्याबाट पिडित भइरहेका हुन्छौ । कब्जियत,
ग्याष्ट्रिक जस्ता स्वास्थ्य समस्याले हामीले धेरै नै सताउने गरेको छ ।
जस्ले हाम्रो स्वस्थ्य मात्रै नभएर छाला पनि नराम्रो पारिरहेको छ । हामीले
स्वस्थ्य हुनुका लागि खानामा बिषेश ध्यान दिनु पर्ने हुन्छ । खानामा फाईबर
बढि मात्रामा पाईने खालको खाना खानु पर्छ यसो गर्दा हाम्रो पुरा पाचन
प्रणाली नै सफा हुन्छ । हामीले दिनमा २६ ग्राम फाईबर युक्त खाना खानै पर्ने
बताउँछन् स्वास्थ्य विज्ञहरू । यी ५ खानामा पाईन्छ प्रशस्तै फाईबरः

– गाँजरः
हामीले गाँजरलाई प्राय सलादको रूपमा प्रयोग गर्छौ । यसले हाम्रो पाचन
प्रणालीलाई राम्रो बनाउँदछ । गाँजरलाई पकाउँदा त्यसमा पाइने पौष्टिक पदार्थ
कम हुने हुँदा यसलाई काँचै खानु राम्रो हुन्छ ।
–
नासपातिः नासपातिमा पनि फाइबरको मात्र निकै बढी हुन्छ । दैनिक रूपमा
नासपातिको प्रयोगले शरिरलाई आवश्यक पर्ने फाइबरको मात्रालाई पूर्ण गर्नुका
साथै यसले पाचन प्रणालीलाई पनि फाइदा गर्छ र कब्जियतको समस्यालाई पनि सहज
बनाउँछ ।
–
जौ-गहुँ: विभिन्न खालका गेडागुडी जस्तै जौबाट बनेका कुनै पनि परिकार, अनि
गहुँको च्याख्ला आदी खाने गर्नाले कब्जियतबाट राहत मिल्दछ ।
–
गेडागुडीः गेडागुडीहरुमा पनि शरिरलाई आवश्यक फाइबरको मात्रालाई पुर्ती
गर्ने गर्छ । यसले पाचन प्रणाली समेतलाई निकै फाइदा पुर्याउँछ ।
– स्याउः
दिनमा १ वटा स्याउ खानुस र चिकित्सकबाट दुर रहनुस्, भन्ने कुरा सहि यो ।
स्याउमा पनि बढि मात्रामा फाईबर पाईन्छ । आफ्नो दिन एउटा स्याउबाट सुरू
गर्नुस् र दुर हुनुस् कब्जियतबाट । यसले अनुहार पनि चम्किलो बनाउँदछ ।

Comments
Post a Comment